Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

१६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षाबाट विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो। अर्थमन्त्री रामेश्वर खनालका अनुसार, आईएमएफको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ । अर्थमन्त्री खनालले विहीबार बिहान सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई अनुमोदन गरेको हो। यस स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत थप वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको छ।

Read More

१६ असोज, काठमाडौं । यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई पनि टीका नलगाउने निर्णय गरेकी छन् । आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन आज आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक…

Read More

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आज नभ्याउनेले कोजाग्रत…

Read More

४९ जनाको उपचार गर्दागर्दै मृत्यु, ३८ जना अझै अस्पतालमा काठमाडौँ: भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ। भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए। जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो। जसमा ७६ जनाले ज्यान गुमाएका छन्। शुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेन जी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांक छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताए। केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको उनले जानकारी दिए। अहिले पनि देशभरका विभिन्न १०…

Read More

काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको थियो । उक्त आगलागी बिहान ९ बजेर १० मिनेटमा नियन्त्रणमा आएको चन्दले बताइन् । उनका अनुसार, अहिले क्षतिको विवरण संकलन हुँदैछ । आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् । नेपाली सेना र काठमाडौं–भक्तपुरमा उपलब्ध अन्य ९ वटा दमकल र तीन वटा पानी ट्यांकीबाट आगो नियन्त्रण गरिएको डीएसपी चन्दले बताइन् । आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको…

Read More

काठमाडौँ: वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज सोमबार दोस्रो खेल खेल्दै छ। यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जित निकालेको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ। युनिटी कप नाममा भइरहेको सिरिजमा नेपाली टोली लगातार दोस्रो जित निकाल्दै इतिहास कायम गर्न चाहन्छ। नेपाली टोलीले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे तीन खेलको सिरिज एक खेलअगावै आफ्नो पक्षमा पार्नेछ। नेपाली क्रिकेट इतिहासमा राष्ट्रिय टोलीले पहिलो पटक पूर्ण टेस्ट मान्यता प्राप्त टोलीसँग प्रतिस्पर्धा गरेको हो। उता पहिलो खेलमा नेपालसँग पराजित वेस्ट…

Read More

काठमाडौँ: जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो। परिवारका अनुसार पोस्टमार्टमका लागि अहिले उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ। उनको टाउको पछाडिको भागमा गोली लागेको थियो। जेनजी आन्दोलनका क्रममा यसअघि ७५ जनाको मृत्यु भइसकेको छ।

Read More

काठमाडौँ: गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए। उनका अनुसार बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको हो। गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन्। गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको र्‍याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्‍याएपछि आजै साँझ हर्षबढाइका साथ…

Read More

काठमाडौँ । काठमाडौँको भीमसेनस्थानमा सोमबार बिहानै आगलागी भएको छ। काष्ठमण्डप नजिकै रहेको उक्त घरमा बिहान ३ बजेदेखि एउटा घरमा आगो लाग्न सुरु भएको थियो। दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको भए पनि आगलागी नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। आगो निभाउनका लागि दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका टोलीहरू खटिएका छन्। आगलागीको कारण भने हालसम्म खुलिसकेको छैन।

Read More

काठमाडौँ: आज (सोमबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको क्रम जारी रहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएराति पनि देशका विभिन्न स्थानमा पानी परेको छ। ‘खासगरी बागमती र गण्डकी प्रदेशका भूभागमा वर्षा भएको छ’, उनले सोमबार बिहान नेपालखबरसँग भने, ‘एक/दुई ठाउँमा भारी वर्षा पनि भएको छ।’ मौसमविद् अधिकारीका अनुसार आज बिहानीपख काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ। तर अहिले बिस्तारै रोकिने क्रममा रहेको उनले बताए। ‘बिहान साढे ४ बजेदेखि काठमाडौँ उपत्यकामा पानी परेको हो’, उनले भने, ‘अहिलेचाहिँ लगभग रोकिएको अवस्था छ।’ उनका अनुसार अब केही घण्टा पानी पर्ने…

Read More