Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट दिइएको छ । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दे युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालाहरू सँगको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ (छ)…
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
काठमाडौं: पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । उनलाई केहीबेरमा शपथ गराउने तयारी गरिएको छ । राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् । साथै नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् । शपथअघि नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।
काठमाडौं: सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् । जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ हुँदैछ । प्रधानन्यायाधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन्…
काठमाडौँ: भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। विभिन्न अस्पतालमा उपचाररत दुई जना घाइतेको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आन्दोलनका क्रममा घाइते भएका मध्ये १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ७२ जनालाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ। आन्दोलनका क्रममा १ हजार ७७० जना घाइते भएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ: नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय केही घटाएको छ। जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ। ‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरुबाट निम्नबमोजिम व्यवस्था गरिएको छ,’ सेनाले सूचना जारी गर्दै भनेको छ। सेनाले भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश…
अमेरिका । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्। सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।” नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।” शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको…
काठमाडौँ। शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेकाे बैठकले निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ। अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया ठुलो चुनौती बनेको हाे। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो। तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठकलाई शुक्रबार बिहानका लागि सारिएको हो। बैठकको मुख्य एजेन्डा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषय थियो। तर संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा…
काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्। वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।
काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् । भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राखेकी हुन् । उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ ‘भारतीयहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन्’ सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसमेत गरेकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको समेत बताएकी छन् ।…