Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ । महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासङ्घले नेपाल सरकारसँग उनीहरूको उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग…
काठमाडौँ: ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेको हो। ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गएपनि प्रदर्शनकारीले फर्काएका छन्। ‘ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ। तर प्रहरी पुग्न सकेको छैन। दमकल पनि गएर फर्किएको छ,’ ललितपुरका एक प्रहरीले भने। ललितपुरको जुद्ध बारूण यन्त्र कार्यालयले पनि विभिन्न ठाउँबाट आगजनीको खबर आएपनि जान नसकिएको बताएको छ। फायर फाइटर कमाण्डर राजकुमार ठकुरीले सातदोबाटोबाट दमकल फर्किएको हो। ‘सातदोबाटोमा आधा घण्टा सम्म कुर्यौं। प्रदर्शनकारीले फर्किन अनुरोध गरेपछि हामी फर्कियौं,’ उनले भने। युलेन्स स्कुलमा हाल परराष्ट्र मन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन्। काठमाडौं सहित देशका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी…
काठमाडौँ: काठमाडौँ उपत्यका प्रहरी कार्यालय कार्यालय प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले पाएका छन्। एआईजी टेकबहादुर तामाङको अवकासपछि उपत्यका प्रहरी प्रमुख खालि थियो। निमित्त प्रमुखको जिम्मेवारी डीआईजी ओमबहादुर रानाले सम्हालेका थिए। तर सोमबारको आन्दोलनमा प्रहरीको कमाण्डमा कमजोरी देखिएको र ठूलो मानवीय क्षति भएपछि एआईजी कार्कीलाई खटाइएको हो। जेनजीको प्रदर्शमा अत्याधिक दमन गरेको आरोपपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन्। कार्की यसअघि मानवश्रोत विकास विभागको प्रमुख थिए। जेनजीले गरेको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र सुनसरीमा दुई युवाको मृत्यु भएको छ। दोस्रो दिनपछि बिहानैदेखि प्रदर्शन भइरहेको छ।
काठमाडौं । कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गर्नुपर्ने र अविलम्ब आम चुनाव गराउनु पर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै घिसिङले जेनजी पुस्ताको समेत संलग्नतामा नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् । १९ जनाको ज्यान जाने घटना सामान्य नभएको भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग गर्नुपर्ने समेत बताएका छन् । जेनजी पुस्ता देशको भविष्य भएको बताउँदै घिसिङले बुँदागत रुपमा लेखेका छन्, ‘यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्षा पूरा गर्ने अवस्था सृजना गर्ने । राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग…
काठमाडौँ: काठमाडौँको मुलपानी र ललितपुरको हरिसिद्धि क्षेत्रमा रहेका प्रहरी बिटहरु पूर्ण रुपमा आगजनी गरी धोस्त गरिएको छ । अहिले त्यस क्षेत्रबाट प्रहरीहरु बिट छोडेर भागेको, स्थानीयहरुले जानकारी दिएका छन् ।
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् । स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।
काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् । उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् । कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् । अहिले उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवनमा अगाडि छन् ।
काठमाडौं । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् । मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए । काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।…
काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् । उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् । आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ । एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ । आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ । नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त छ । ‘प्रदर्शनको प्रभाव गाउँहरुमा समेत परेको छ । गाउँहरुमा…
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्र्दै राजीनामा दिएका छन् । देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार गरिएको भन्दै जवाफ खोज्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन्, ‘यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन । स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र…