Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले दशैका लागि सर्वसाधारणलाई नयाँ नोट असोज २१ गतेदेखि वितरण गर्ने भएको छ। नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी २१ गतेदेखिनै सर्वासरधरणलाई वितरण गर्ने गरि तयारी गरेको राष्ट्र बैंकका सह प्रबक्ता गोविन्द प्रसाद नागिलाले बताए । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । एक व्यक्तिले १०० दरको एक बन्डल, ५, १०, २० र ५० दरका दुई/दुई बन्डल गरि जम्मा २७ हजार बराबरको नयाँ नोट सटही गर्न पाउने व्यवस्था मिलाएको उनले बताए । उनका अनुसार सरकारी स्वामित्व भएका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका तोकिएका शाखाहरुबाट…
काठमाडौं: मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । आजको गोरखापत्रमा यो समाचार छापिएको छ । मलेसियाले अवैधानिक कामदारका लागि पटक पटक आममाफीको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो । मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म (असार १७ गतेदेखि भदौ १७ गतेसम्म) मलेसियामा…
काठमाडौँ: निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी देखाइएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवदेनमा एसपी बिष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको…
काठमाडौँ : कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताए । टिकट बुकिङकै दिन सकियो भनी पछि महँगोमा बेच्ने चलन रोकिनुपर्ने उनको भनाइ थियो । सांसद गणेश पहाडीले चाडपर्वमा हुने गरेको यातायात अव्यवस्था हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिन माग गरे । पाँच वर्षमा सकिनुपर्ने राष्ट्रिय गौरवका आयोजना २० वर्षमा पनि नसकिएकाले समयमै सक्ने वातावरण तयार पार्नुपर्नेमा उनको जोड थियो । सांसद यज्ञराज सुनुवारले यातायात व्यवसायीले…
पोखरा :नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उनले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने खालका सुझाव दिन सबैमा आग्रह गरे । नेपाली काङ्ग्रेसका विधानको सम्बन्धमा सुझाव दिने विषय संविधानको विपरीत नहुनेतर्फ कार्यकर्तालाई सचेत गराउँदै उनले पार्टीको विधानमा आवश्यकता अनुरुप सुझाव दिनुपर्नेमा जोड दिए । पार्टी विधान संशोधन तथा सुझाव सङ्कलन टोली गण्डकी प्रदेशका संयोजक फरमुल्ला मन्सुरले गतिशील र सङ्गठित काङ्ग्रेस बनाउनका लागि पार्टीको विधानमा परिमार्जन गरेर एक…
बेइजिङ: मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उनलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताएको छ । निर्वाचनमा चीनको निकट मानिने अब्दुल्लाह यमीन भारी मतका साथ पराजीत भएका थिए। प्रमुख प्रतिपक्षी दलको गठबन्धनमा निर्वाचन लडेका सोलिहले यमीनमाथि अप्रत्यासित रूपमा विजय चुम्न सफल भएका थिए । यमीनको कार्यकालमा चीन–मालदिभ्सबीचको सम्बन्धमा निकटता देखिएको र सोही समय चीनले मालदिभ्सको भौतिक पूर्वाधार निर्माणमा ठूलो राशी ऋण लगानी दिएको थियो । यमीन सरकारलाई विमानस्थलदेखि राजधानी माले जोड्ने चाइना–मालदिभ्स फ्रेन्डसिप ब्रिज लगायतका आयोजना निर्माणका लागि दशौँ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो…
नुवाकोट: ककनी गाउँपालिका–१ कागती गाउँमा टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई रु. २१ लाख क्षतिपूर्ति दिने सहमति भएपछि तीनपीप्ले–सिसडोल सडक खुलेको छ । सोमबार साँझ वा ३ ख ३७३० नम्बरको टिपरको ठक्करबाट कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेकामा टिपरधनीले दिने क्षतिपूर्ति रकममा सहमति भएपछि सडक खुलेको ककनी– १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए। सडक खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर बनाउन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको वडाध्यक्ष बलामीले जानकारी दिए ।
काठमाडौँ : दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ । यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा श्रीलङ्का भने सहभागी छैन । नेपाल भने समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’मा आयोजक भूटानसहित, भारत र माल्दिभ्स छन् । नेपालले यही असोज १२ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफनो दोस्रो खेल १६ गते पाकिस्तानसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई…
काठमाडौँ: सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा विश्वकर्मालाई गैरकानूनी रुपमा थुनामा राखिएको देखिएको र पटक पटक थुनामुक्त गर्ने आदेश गर्दा पनि राज्यका निकाय गम्भीर नभएको उल्लेख छ । अदालतले विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको यो पाँचौँ पटक हो । अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ पर्दै आएका थिए। विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा…
चरिकोट : दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो । दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको…