Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ । परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो । कार्यविधिमा विषयगत रूपमा पास हुन जिपिए २.७, तर औसतमा उपाधि पाउन जिपिए ३.० ल्याउनुपर्ने व्यवस्था छ । स्रोतका अनुसार…

Read More

काठमाडौँ: देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ । तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो । प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ । यो बिलमा पिउने…

Read More

रसुवा : वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । काठमाडाँै महाबौद्ध बिक्री स्थलमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अवरुद्ध भएपछि उपभोक्ताको माग आपूर्ति गर्न समस्या बढ्दै गएकाले नुवाकोट तथा रसुवाखण्डका राजमार्ग छिटो सञ्चालनमा ल्याउन सम्बद्ध पक्षसँग आग्रह गरिएको उक्त सङ्घले जनाएको छ । रोडीमेट कपडा जुत्ता चप्पल इलेक्ट्रिक उपकरण, स्याउ लसुन, अदुवालगायतका अबौँ रुपियाँका सामग्री केरुङ आइसकेको र सडक…

Read More

काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन् । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ आँै वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले आव २०७५÷०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६÷०७७ मा सबै घर निर्माण कार्य पूरा हुन्छ भने । उनले भूकम्पपीडितले मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनता बाढी, पहिरोको जोखिममा बाँच्न बाध्य भएको बताए । सांसद आशाकुमारी…

Read More

काठमाडौँ: तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौँ आउए काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न बाध्य छन्। उत्पादक किसानबाट उपभोक्तासम्म आइपुग्दा करिव पाँच तहमा मूल्य थपिने भएकोले उपभोक्ता चर्को मारमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले प्रथम पृष्ठमा लेखेका छन् । राजधानीको तरकारी बजारमा ब्याप्त बिचौलियाको सिन्डिकेटले सामान्य मानिसको भान्साको खर्चलाई ह्वातै बढाइदिने गरेको छ । उपभोक्ताले तिर्ने पैसाको सानो अंश मात्र किसानसम्म पुग्छ। उत्पादक, स्थानीय मध्यस्तकर्ता, ठूला थोक विक्रेता, साना थोक विक्रेता र खुद्रा विक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुने गरेको छ । यी सबै चरनमा मूल्य बढे पनि मध्यस्तकर्तापछि…

Read More

काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्‍यापिड अपरेसन’ भनेको छ । महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए । मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने । सेवाग्राहीको बाक्लो उपस्थिति हुने मन्त्रालय र निकायका हकमा भने नियमित रूपमा प्रत्यक्ष/अप्रत्यक्ष ढंगले अनुगमन हुने गरेको छ ।…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टतिेलमा २/२ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ र डिजेल र मट्टतिेल प्रति लिटर ९५ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ बढाएको निगमले अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ५० डलरले बढाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने निगमले मूल्य बढाएको छैन्। नयाँ मूल्यसूचि सोमबार राति १२ बजेबाट लागू हुनेछ। आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूचि अनुसार मूल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार…

Read More

भक्तपुर :भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्ने बताएका छन् । मध्यपुरथिमिस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको ११ औँ वार्षिक साधारणसभामा उनले लगानी र उत्पादनमूलक कार्यमा सहकारी सक्रिय हुनुपर्ने बताए । उनले लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने धारणा राखे । मन्त्री अर्यालले भने, “देश सङ्क्रमणकालीन अवस्थामा रहेको छ, सहकारी ऐन पनि सङ्क्रमण मै छ, सङ्क्रमणमा नै रहे पनि देशलाई समृद्ध बनाउने सन्दर्भमा भने सबै एक भएर जानुपर्छ ।” सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, अब सहकारीले पनि लगानी…

Read More

काठमाडौँ :नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५/७६ का लागि कूल ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ रुपैयाँ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा पाँच अर्ब ९६ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट दुई अर्ब ३४ करोड सात लाख आम्दानी गर्ने योजना छ । क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ ३४ अर्ब २५ करोड रुपैयाँ र कार्यालय सञ्चालनतर्फ तीन अर्ब ८६ करोड रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको २४ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ र सरकारबाट ऋण…

Read More

काठमाडौँ : उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो । चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । “तीन महिनासम्म कम्पनीले आन्तरिक समस्याका कारण काम गर्न सकेन, समस्या समाधान भएपछि डेढ महिनादेखि काम शुरु भएको छ, तीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दा बढी समय…

Read More