Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी आज कार्गाे विमानबाट चीन पठाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गरे । मन्त्री बस्नेतले उनलाई गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए । यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ । गैँडा हस्तान्तरणपछि विमानस्थलमा कुरा गर्दै मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरे । साथै नेपालमा एक…
काठमाडौँ : साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा स्मार्ट कार्डलाई अन्य क्षेत्रमा जस्तै पेट्रोलपम्प, पसल, पार्किङ, विद्यालय तथा कलेजमा समेत प्रयोग गर्न सकिने एनक्लाउड प्रालिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्मार्ट कार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो । जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ । स्मार्ट कार्ड अन्तर्राष्ट्रियस्तरअनुरुप पैसाको सट्टा अहिलेको प्रविधिअनुसार प्रयोग गर्न सकिन्छ…
काठमाडौँ : सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले आज सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “गैरकानूनीरुपमा थुनामा रहेको देखिँदा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाडी सोको निस्सा मिसिल सामेल राख्नु ।” विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विकले गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरण…
काठमाडौँ :आजदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्न प्रयोग हुने खतरा देखिएको सञ्चारविज्ञले औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा सञ्चार विज्ञले मुलुकी संहितामा केही सकारात्मक विषय रहे पनि संहिताको दफा २१ देखि दफा ३०६ भित्रका २०० भन्दा बढी प्रावधानबाट प्रेस स्वतन्त्रता सङ्कुचन गर्न प्रयोग हुने खतरा देखिएको बताएका हुन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानसँग बाँझिएका र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड विपरीतका दफा सच्याउनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले गलत गतिविधि…
काठमाडौँ :अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रदत्त अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । अर्थमन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने , “दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, त्यसतर्फ सम्वन्धित निकायले सोच्नुपर्छ ।” अर्थमन्त्री खतिवडाले हुने खाने वर्गले धेरै, समान व्यक्तिसँग समान कर असुली गर्दै गरिबीको रेखामुनी बाच्न बाध्य जनतालाई राहत दिनु नै प्रगतिशील कर व्यवस्था भएको बताए । जनताले कर तिरेपछि प्रतिफल खोज्नु स्वभाविकै छ, उनले भने, “स्थानीय तह जनताप्रति उत्तरदायी र जवाफदेही हुननसके यो व्यवस्थाप्रति नै जनताको गुनासो बढ्दै जान्छ ।” कार्यक्रममा राजश्व सचिव शिशिरकुमार…
काठमाडौँ : अमेरिकन डलरसंग नेपाली रुपैयाँ शुक्रबार इतिहाँसमै कमजोर भएको छ । केन्द्रीय बैंकले शुक्रबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.५५ रुपैयाँ र खरीद दर १११.९५ रुपैयाँ तोकेको थियो । मंगलबारको रेकर्डलाई तोड्दै आज पुन: नयाँ रेकर्ड कायम भएको हो । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११२.२० रुपैयाँ र खरीद दर १११.६० रुपैयाँ तोकेको थियो । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउछन् । अमेरिकी सरकारले लगानीमा सरल र करमा लचिलो नीति लिएका…
काठमाडौँ :राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो । मकालुले आउँदो सातादेखि बैंककबाट उडान शुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । शनिबारसम्म परीक्षण उडान ‘प्रुभिङ फ्लाइट’ गरी उडान शुरु गर्ने योजना सुनाउँदै उनले भने, “मकालु विमानको उडानका लागि आवश्यक प्रक्रिया पूरा भयो, हिजो एओसी पनि पाएका छौँ, सोमबार या मङ्गलबारदेखि व्यावसायिक उडान शुरु गर्छौैं ।” ‘नाइन एन एएलजेट’ कलसाइनको सो…
काठमाडौँ: आमाको नामबाट पनि सहजतरीकाबाट नागरिकताको माग गर्दै महिला समूहरुले शुक्रबार राजधानीमा बिरोध र्यालीको गरेका छन् । आजबाट कार्यान्वयनमा आएको मुलुकी देवानी र फौजदारी संहिता-२०७४ मा आमाको नामबाट नागरिकता सहजरुपले पाउनु पर्ने माग गर्दै महिलाहरु सडकमा उत्रिएका हुन् । र्यालीमा विभिन्न महिला समूह र महिलासम्बन्धि संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । हेर्नुहोस फोटो फिचरमा । तस्बिर: विकास श्रेष्ठ
काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् । “कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उनले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताए । उनले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमा जोड दिए।…
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात आ.ब. २०७५/०७६ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्नेछ । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६९ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व…