Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

Read More

काठमाडौँ: आफ्नो छोरा छोरी हराइरहेको र सोमबार दिउसोदेखि सम्पर्क विहीन भएको भन्दै अभिभावकहरुले आफ्ना बच्छाहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । हराइरहेका बच्चाहरुको अभिभावकहरु मध्येका एक जना मधु खड्काका अनुसार उसको छोरा पनि सोमबार २:३० बजेबाट सम्पर्क बिहीन रहेको सार्वजनिक मिडियामा बोल्नु भएको छ। उनको छोराको नाम साम्राज्य बहादुर खड्का हो। खड्काका अनुसार उनको छोरासहित २० जना युवाहरु संसद भवन भित्रै वा अन्य कतै बन्धक बनाइयेर राखिएको हुन सक्ने आंकलन गरेका छन्। उनले आफ्नो छोराको कि सास कि लास दिनसमेत माग गरेका छन्।यसबारे प्रहरीले हालसम्म को कति प्रदर्शनकारी पक्राउ परेको भन्ने आधिकारिक जानकारी दिएको छैन।

Read More

काठमाडौँ, २४ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिनु भएको छ । जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ । “प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छ । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान समेत गरेको छु ।’ उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति आफू दुखी रहेको बताएका छन् । उनले सम्पूर्ण…

Read More

काठमाडौँ । राजधानीको बानेश्वरमा जेनजी आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सरकारविरोधी चर्को नाराबाजीसहित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । कर्फ्यु आदेशका बिच बानेश्वरमा भेला भएका उनीहरुले प्रदर्शन गरिरहेका हुन् । यस्तै स्थितिलाई नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

Read More

काठमाडौँ । प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा आगजनी गरेका छन् । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित देउवा निवासमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

Read More

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ । महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासङ्घले नेपाल सरकारसँग उनीहरूको उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग…

Read More

काठमाडौँ: ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेको हो। ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गएपनि प्रदर्शनकारीले फर्काएका छन्। ‘ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ। तर प्रहरी पुग्न सकेको छैन। दमकल पनि गएर फर्किएको छ,’ ललितपुरका एक प्रहरीले भने। ललितपुरको जुद्ध बारूण यन्त्र कार्यालयले पनि विभिन्न ठाउँबाट आगजनीको खबर आएपनि जान नसकिएको बताएको छ। फायर फाइटर कमाण्डर राजकुमार ठकुरीले सातदोबाटोबाट दमकल फर्किएको हो। ‘सातदोबाटोमा आधा घण्टा सम्म कुर्‍यौं। प्रदर्शनकारीले फर्किन अनुरोध गरेपछि हामी फर्कियौं,’ उनले भने। युलेन्स स्कुलमा हाल परराष्ट्र मन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन्। काठमाडौं सहित देशका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यका प्रहरी कार्यालय कार्यालय प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले पाएका छन्। एआईजी टेकबहादुर तामाङको अवकासपछि उपत्यका प्रहरी प्रमुख खालि थियो। निमित्त प्रमुखको जिम्मेवारी डीआईजी ओमबहादुर रानाले सम्हालेका थिए। तर सोमबारको आन्दोलनमा प्रहरीको कमाण्डमा कमजोरी देखिएको र ठूलो मानवीय क्षति भएपछि एआईजी कार्कीलाई खटाइएको हो। जेनजीको प्रदर्शमा अत्याधिक दमन गरेको आरोपपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन्। कार्की यसअघि मानवश्रोत विकास विभागको प्रमुख थिए। जेनजीले गरेको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र सुनसरीमा दुई युवाको मृत्यु भएको छ। दोस्रो दिनपछि बिहानैदेखि प्रदर्शन भइरहेको छ।

Read More

काठमाडौं । कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गर्नुपर्ने र अविलम्ब आम चुनाव गराउनु पर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै घिसिङले जेनजी पुस्ताको समेत संलग्नतामा नयाँ सरकार गठन गर्नुपर्ने बताएका हुन् । १९ जनाको ज्यान जाने घटना सामान्य नभएको भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग गर्नुपर्ने समेत बताएका छन् । जेनजी पुस्ता देशको भविष्य भएको बताउँदै घिसिङले बुँदागत रुपमा लेखेका छन्, ‘यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्षा पूरा गर्ने अवस्था सृजना गर्ने । राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग…

Read More