Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् । सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन गएका थिए । के हो शांघाई सहयोग संगठन ? शांघाई सहयोग संगठन (एससीओ) क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना भएको थियो । यस संगठनमा १० देशहरु सदस्य छन् । यस संगठनमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् । नेपाल सन् २०१६ देखि यो संगठनको सम्वाद साझेदार…

Read More

काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिइन् । काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भइन् ।

Read More

काठमाडौँ:निजामती कर्मचारीलाई अवकाशपछिको केही समय सरकारी नियुक्तिमा जान नपाइने व्यवस्था अर्थात् ‘कुलिङ अफ पिरियड’ राखेर जाने सहमति भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको शनिबार भएको बैठकमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको हो। समिति सदस्य बेदुराम भुसालले प्रतिनिधि सभाबाट भएको गल्ती सच्याउने र कुलिङ अफ पिरियड राख्ने सहमति भएको जानकारी नेपालखबरलाई दिए। ‘२ वर्षको कुलिङ अफ पिरियड’ राख्ने सहमति समितिमा सर्वसम्मत भएको छ,’ उनले भने, ‘यसबारे प्रतिनिधि सभाबाट भएको गल्ती पनि सच्याउने निर्णयमा पुगेका छौँ।’ अब यही सहमति अनुसारै समितिबाट निजामती सेवासम्बन्धी विधेयक बन्ने छ। यसअघि २ वर्षको कुलिङ पिरियड राख्ने विषयमा प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् । परराष्ट्र सचिव अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाएका छन् । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको…

Read More

काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ३८ रनमा अविजित रहे । त्यसभन्दा पहिले ७४ रनमा ५ विकेट गुमाएपछि रोहितलाई गुल्शनले साथ दिएका थिए । गुल्शनले ३६ रन बनाएर आउट हुँदा नेपाल १५७-६ को अवस्थामा थियो र त्यसपछि १६१-८ को अवस्थामा पुगेको…

Read More

काठमाडौँ: नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि वनमन्त्री शाहीको पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रुपमा चिनिने भएको छ । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब ९०६ वर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । डोल्फु क्षेत्रका स्थानीयवासीलाई कामका लागि…

Read More

काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ। आज जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो। सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता गरेकै दिन उनको बयान र बहस गराई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। सामान्यतः कुनै पनि फौजदारी कसुरका मुद्दा दर्ता भएको भोलिपल्ट मात्र बयान र बहस हुने गरेको छ।

Read More

प्रधानमन्त्री केपी ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफ्नो चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म ५ दिने भ्रमणमा जान लागेको जानकारी गराए। भ्रमण नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी हुने पनि बताए। ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ। त्यसमा विश्वस्त रहन आग्रह गर्छु’ उनले भने। भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेशन अर्गनाइजेशन)को शिखर सम्मेलनमा भाग लिनु रहेको ओ‌लीको भनाइ छ। तर, ओलीले भ्रमणमा चीन र भारतले नेपाली भूमि लिपुलेकबारे गरेको सम्झौताबारे कुरा राख्नेबारे कुनै जानकारी…

Read More

काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबारबाट हुने प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो । विश्वकै ठुलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने यो सङ्गठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्त्वपूर्ण अवसर हुने ठानिएको छ । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सहभागी अन्य…

Read More

१३ भदौ, काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो । त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोकिएका छन् । विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । सोही अनुसार शुक्रबार बसेको बैठकल अध्यक्ष भट्टसहितका सदस्यहरू तोकेको हो । हाल विशेष अदालतका अध्यक्ष…

Read More