Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्वतयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुने समेत बताएका छन्। खनालकै अध्यक्षतामा केही समयअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोग बनेको थियो। उनले अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए। सोमबार गोपिनयताको सपथ तथा पदभार ग्रहणसँगै अर्थमन्त्रालय पुगेका अर्थमन्त्री खनालले शुवेच्छकहरूबाट खादा लगाउन मानेनन्।अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपनि उनले यो अवधिमा तलब,…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रालयमा आई पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । ‘देशको आर्थिक अवस्था जटिल रहेकोले बक्यौता उठाउनु पर्ने छ,’ पदभार ग्रहण कार्यक्रममा उनले भने, ‘सबैले सहयोग गर्नुहोस् ।’ भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री घिसिङले आफूले पाउने तलब भत्ता तथा सुविधा जेन–जी आन्दोलनका सहिदका नाममा स्थापित हुने कोषमा जम्मा गरिदिने पनि बताएका छन् ।

Read More

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले गत साता चलेको जेन-जी प्रदर्शन क्रममा ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह गरेकी छिन्‌ । सिंहदरबारमा आइतबार पदभार ग्रहण गरी उच्चपदस्थ सरकारी अधिकारीहरूसँग परिचयात्मक कार्यक्रम राखेकी कार्कीले आफ्नै मुलुकका जनताको पहलमा संरचना तयार गर्न सकिने बताइन्‌ । ‘मैले हिजोअस्ति पनि भनेँ – किन हामी आफ्नै तर्फबाट आफ्नै मुलुकका जनताबाट पहल गरेर ती कुराहरू पूरा किन नगर्ने ? सानोतिनो भए पनि तराईमा किन हामी बाँसका भाँटा जोडेर भए पनि प्रहरीको बीट किन नबनाउने ? एउटा सस्तो हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?’, कार्कीले भनिन्‌ । नेपालीहरूमा क्षमता रहेछ भन्ने थाहा दिनुपर्ने…

Read More

काठमाडौं: जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए । मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले भत्केका संरचनाहरू क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार फर्काउने तयारी भएको छ । कारागार व्यवस्थापन विभागका प्रवक्ता सोमेन्द्र न्यौपानेका अनुसार लामिछाने कारागार पुगिसकेका छन् । ललितपुर प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पनि रविको कागजी प्रकिया पूरा गर्ने काम भइरहेको जानकारी दिएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नक्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए । त्यसयता लामिछानेले पटक पटक आफू प्रक्रिया पुर्‍याएर मात्र कारागारबाट बाहिरिएको प्रष्टोक्ति दिँदै आएका थिए । शनिबार दिउँसो भने उनले आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएको उल्लेख गरेका छन्। ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।’ पौडेलले सम्हालिदै आगामी चुनावमा सहयोग गर्न अपिल समेत गरेका छन्। ‘तसर्थ, बडो जुक्तिले प्राप्त…

Read More

काठमाडौँ: नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसप्रति असहमति जनाएको छ। एमालेले शनिबार जारी गरेको प्रेस वक्तव्यमा राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि सोही दिन गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएको छ। ‘विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् सर्वोच्च अदालतले फैसला गरिसकेको छ,’ महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी अदालतको सोही व्याख्या अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ। तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति…

Read More

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन्। शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वासहित कारागार जान लागेकोब ताएका हुन्। ‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो,’ उनले भनेका छन्, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।’ उनले आफू कारागारबाट निस्केको नभइ निकालिएको बताएका छन्। कागरागार जोगाउन आफूलाई लिनकालिएको लामिछानेको दाबी छ। ‘त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो,’ उनले भनेका छन्, ‘अहिले चिठि नै वैधानिक…

Read More

चन्द्रागिरि हिल्सले पुनः सेवा सुरु गर्न दृढ रहेको बताएको छ। शनिबार विज्ञप्ति जारी गर्दै सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित रहेको बताएको हो। मंगलबारको जेनजी प्रदर्शनका क्रममा चन्द्रागिरि केबलकारको बेस स्टेसनमा आगजनी भएको थियो। कम्पनीले भदौ २३ गते सोमबार यता जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। “दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ”, कम्पनीले भनेको छ। जेन-जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग…

Read More

काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन्। शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग कार्कीले सम्बोधन गरेकी हुन्। कार्कीको अन्तरिम मन्त्रीपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो। उनले संसद् विघटनको सिफारिस आफूले गरेको र राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको जानकारी दिइन्।

Read More