Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ। आज जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो। सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता गरेकै दिन उनको बयान र बहस गराई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो। सामान्यतः कुनै पनि फौजदारी कसुरका मुद्दा दर्ता भएको भोलिपल्ट मात्र बयान र बहस हुने गरेको छ।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफ्नो चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म ५ दिने भ्रमणमा जान लागेको जानकारी गराए। भ्रमण नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी हुने पनि बताए। ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ। त्यसमा विश्वस्त रहन आग्रह गर्छु’ उनले भने। भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेशन अर्गनाइजेशन)को शिखर सम्मेलनमा भाग लिनु रहेको ओलीको भनाइ छ। तर, ओलीले भ्रमणमा चीन र भारतले नेपाली भूमि लिपुलेकबारे गरेको सम्झौताबारे कुरा राख्नेबारे कुनै जानकारी…
काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबारबाट हुने प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो । विश्वकै ठुलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने यो सङ्गठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्त्वपूर्ण अवसर हुने ठानिएको छ । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सहभागी अन्य…
१३ भदौ, काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो । त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोकिएका छन् । विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । सोही अनुसार शुक्रबार बसेको बैठकल अध्यक्ष भट्टसहितका सदस्यहरू तोकेको हो । हाल विशेष अदालतका अध्यक्ष…
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् । उनले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए । तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन पटकमा नियुक्ति दिइयो । पहिलो पटक ५ चैत…
काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि उच्चतम हो । अन्तर्राष्ट्रिय बजारमै…
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजान राजनीतिक दलहरूको मनस्थिति अहिलेसम्म नपुगेको बताएका छन्। शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहमा मन्तव्य दिँदै मन्त्री गुरुङले भने, ‘पूर्ण समानुपातिक प्रणालीमा जान सके मात्रै उपेक्षित समुदायलाई राज्य संयन्त्रसँग जोड्न सकिन्छ। यसले सबैभन्दा सस्तो प्रणाली हो र व्यक्तिले खर्च न्यून हुने हुँदा दलबिचको प्रतिस्पर्धा पनि कम हुन्छ।’ उनले संविधानले आदिवासी तथा अन्य पिछडिएका समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न जनमत सिर्जना गर्न आवश्यक रहेको बताए। मन्त्री गुरुङले पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना परिवर्तन भएको र त्यसअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने…
काठमाडौँ: तीजका लागि पशुपति क्षेत्रमा आज सरकारले ठूलो मात्रामा जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको जनाएको छ। जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारी छन्। दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा गएराति २ बजेदेखि ड्युटी सुरु गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए। पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयले गर्ने छ। उपत्यकास्थित सशस्त्र प्रहरी बलका विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा तीन सयभन्दा…
काठमाडौं: अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो। सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए। ३९ बल खेल्दा उनले ६९ रन बनाएका हुन्। कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाउँदा आरिफ शेखले १८ बलमा २४ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्। १७८ रनको चुनौती पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रन बनाएर अलआउट भयो। नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना !’ प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । ‘प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै…