Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न प्रतिनिधि छनोट गरेका छन् । बुधबार बानेश्वरमा बसेको जेनजीको बैठकले प्रतिनिधि छनोट गरेका हुन् । सुदन गुरुङ, प्रवेश दाहाल, पुरुषोत्तम यादव, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउद लगायतका जेनजी बसेर प्रतनिधि छनोट गर्ने सहमति भएको हो । ‘जेनजीको साझा मुद्दा भएकाले प्रतिनिधि छनोट गर्ने सहमति भएको हो,’ बैठकमा सहभागी एक जेनजीले भने, ‘समावेशीको आधारमा प्रतिनिधि छनोट हुन्छ ।’ कति सदस्य प्रतनिधि बनाउने भन्ने भोलि बिहाबार निर्णय हुने ती सदस्यले बताए । भोलिका लागि जेनजीको भेला बोलाइएको छ । उक्त भेलाले दलित, जेनजी शहीदको परिवार र घाइतेलाई पनि सहभागी गराउने बताइएको…
काठमाडाैं । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने जिम्मेवारी पाएको सरकारले मतदाता नामावलीमा छुटेकाहरुलाई समेत समेट्ने गरी मतदाता नामावली अध्यादेश जारी गरेको छ । अध्यादेशले मतदाता नामावलीसम्बन्धी अधिकार आयोगलाई नै भनी व्यवस्था परिवर्तन गरेको छ । ‘अब राजपत्रमा अध्यादेश प्रकाशित भइसकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको निर्णय गराउनुपर्छ,’ कानुन मन्त्रालयका एक उपसचिवले भने, ‘कहिलेसम्म मतदाता नामावली संकलन जारी राख्ने अनि कुन उमेरसम्मका व्यक्तिलाई त्यो सहुलियत दिने भन्ने निर्णय निर्वाचन आयोगले नै गर्नेछ ।’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।
काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सिंहदरबार भित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्।
चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ ।…
काठमाडौं, असोज ५: आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।
काठमाडौं: सरकारले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान वापत झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ । मन्त्री रामेश्वर खनालको संयोजकत्वमा शनिबार बसेको मन्त्रीस्तरीय निर्णयमार्फत ब्याज अनुदान वापत ९ अर्ब ८० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराइएको हो । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनको लागि दोश्रो त्रैमासिक अवधीमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरेर ७ वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान वापत उक्त रकम उपलब्ध गराइएको अर्थमन्त्रालयको सहसचिब तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् । सरकारले हालै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै राष्ट्र बैंकले बैंक तथा…
काठमाण्डौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गर्नु भएको छ । भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरिक्षण गर्दै उहाँले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गर्नुभएको हो । उहाँले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यीक्तको निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको बताउनु भयो । नेपालमा विदेशी…
काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास चोकमा आइतबार बिहान दुर्घटनामा परेकाहरूको ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । ७ जनाको ग्रिनसिटी अस्पताल र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । लोलाङ हुँदै रत्नपार्क चल्ने बा.५ ख ५० नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । बस चालक गोरखा आरुघाट घर भएका २७ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए । ग्रिन सिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरुः १.सपना परियार, २२ वर्ष (धादिङ गंगाजमुना गाउँपालिका–५)…
चितवन: नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिका– ६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातको समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने…