Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आज (शुक्रबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार हाल मधेस प्रदेशका धेरै स्थान, कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी र मधेस प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने…

Read More

काठमाडौं: नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्यमा ५ हजार २ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो । महासंघका अनुसार, बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार प्रतितोला २ सय ५० रुपैयाँले गिरावट आएको हो । बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ९ सय ९५ अमेरिकी डलर…

Read More

काठमाडौँ: भेनेजुएलामा आपतकालको घोषणा गरिएको छ। भूकम्पमा हजारौं मानिसको मृत्यु भएको आशंका गर्दै आपतकाल घोषणा गरिएको हो। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालको घोषणा गरेकी हुन्। सम्बोधनको क्रममा उनीसँगै गृहमन्त्री र राष्ट्रियसभाका प्रमुख र उनका भाइ जर्ज रोड्रिगेज पनि थिए। राष्ट्रपतिले राहत र उद्धार कार्यको निरीक्षण गर्न एक जनरललाई तोकेको समाचारमा उल्लेख छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको छ। भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

Read More

काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । प्रतिनिधिमण्डलले विशेषगरी ७ प्रतिशत को आर्थिक बृद्धिदर हासिल गर्नको लागि २० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन आग्रह गरेको छ । मुलुकको अर्थतन्त्र विगत पाँच वर्षदेखि निरन्तर सुस्त अवस्थामा रहेको, उद्योग, व्यापार, निर्माण, पर्यटन तथा सेवा…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य ४ हजार ४ सय ८५ रुपैयाँ प्रतितोला कायम भएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँ रहेकोमा बुधबार १ सय ५ रुपैयाँले घटेको हो ।

Read More

बागमती प्रदेशमा सबैभन्दा धेरै २७.९ प्रतिशत काठमाडौं: देशभर सरकारी स्वामित्वबाहेकका १० हजार ४ सय ११ शिक्षण संस्था सञ्चालनमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांकसम्बन्धी सर्वेक्षणको नतिजाअनुसार प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा धेरै २७.९ प्रतिशत अर्थात् दुई हजार ९०३ शिक्षण संस्था सञ्चालनमा रहेका छन्। सर्वेक्षणअनुसार कोशी प्रदेशमा एक हजार ९ सय १७ (१८.४) प्रतिशत र मधेश प्रदेशमा एक हजार ८ सय ९१ (१८.२) प्रतिशत शिक्षण संस्था रहेका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार ५ सय ५६ (१४.९) प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ९ सय ७ (८.७) प्रतिशत, गण्डकी प्रदेशमा ८ सय ६२ (८.३) प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ३ सय ७५…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, ‘एकिन सङ्ख्या निकाल्दै छौँ, ४ सयभन्दा बढीको उम्मेदवारी परेको छ । आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।’ निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने ४ हजार हाराहारी प्रतिनिधि छन् ।

Read More

काठमाडौँ: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि पाँचबुँदे नियम बनाइएको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न पाउने छैनन्। पार्टीको निर्वाचन आयोगको यो नियमविपरीत मनोनयन फारम दर्ता गरिएमा उम्मेदवारी स्वतः अमान्य हुने रास्वपाले जनाएको छ। आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकेको छ। जसअनुसार पार्टी सभापति पदको उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ भने अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ। उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ तथा पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानकाअनुसार आयोगले राहदानी विभाग महानिर्देशक अर्यालसहित १० कर्मचारी, दुई जर्मन कम्पनी, ती कम्पनीसँग आबद्ध चार विदेशी नागरिक तथा कम्पनीका दुई नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाई मुद्दा पेश गरेको हो । उनले प्रतिवादीहरुसँग एकमुष्ट कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो माग दाबी गरिएको जानकारी दिइन्…

Read More

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डिआइजी जयराज सापकोटाले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने। उनी सुर्खेतस्थित एक होटलबाट साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्। पक्राउ परेका पौडेललाई बाँकेको नेपालगंजतर्फ लगिएको छ। त्यहाँबाट संभव भएसम्म प्लेनमार्फत् आजै बेलुकी काठमाडौं लगिने भएको छ। उनीविरूद्ध केकस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन।

Read More