Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन् । उनले शुक्रबार उक्त ओभरपासको उद्घाटन गरेका हुन् । एसएसपी अधिकारीले ओभरपासको उद्घाटन गर्दा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली पड्काए । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

Read More

हेटौँडा: मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सिप सँग जोडिन थाल्नुभएको छ । विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर सिप सिक्न थाल्नुभएको हो । राक्सिराङका थापा बहादुर दोङले केराको रेसाबाट नेपाली कागज उत्पादन गर्ने सिपबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिनुभएको छ । उहाँले पालिकालाई केरा खेती गर्न पालिकाले सार्वजनिक जग्गा उपलब्ध गराए सामूहिक रूपमा केरा खेती गरेर कागज उत्पादन गर्दै आत्म निर्भर बन्न सक्ने बताउनुभयो । इलिना चेपाङले स्वरोजगारमूलक सिपले युवालाई प्रोत्साहन मिलेको बताउनुभयो । तालिमसँगै बजारीकरणलाई पनि स्थानीयतह र प्रदेश सरकारले सहजीकरण गरिदिए युवालाई सिप सँग जोडिन थप…

Read More

काठमाडौँ । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्ने छन् । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रले २ वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता…

Read More

काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो । बुधबार चाँदी एकैदिन ६५ रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More

काठमाडौँ: नेपाल आयल निगमले साेमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १‍‍.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएकाे छ। निगम सञ्चालक समितिको निर्णय बमोजिम भाेलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Read More

बिराटनगर: कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आइतवार अर्थमन्त्री रामबहादुर मगरले सार्वजनिक गरेको बजेटमा चालु खर्च तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै बजेटले वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरेको छ । यो बजेट प्रदेश सरकारको आम्दानीको स्रोतभन्दा करिब तीन अर्बले बढी हो । प्रदेश सरकारसँग ३३ अर्ब बराबरको मात्र स्रोत सुनिश्चित छ । संघीय सरकारले केही स्रोत रोक्का गरेको र कतिपय स्रोत सम्बन्धी अधिकार अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारलाई स्रोतको अभाव…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३) दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातफृ एक करोड विनियोजन गरिएको छ । स्रोत व्यहोर्ने…

Read More

काठमाडौँ: मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रूपैयाँ र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रूपैयाँ बजेट विनियोजन गरिएको हो। आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा ६.१३ प्रतिशत बढी हो। भौतिक पूर्वाधार मन्त्रालयतर्फ सबभन्दा धेरै १५ अर्ब ८८ कारोड ७१ लाख ८५ हजार बजेट विनियोजन गरिएको छ। प्रादेशिक सडक सञ्जाल गुरूयोजनामा परेका महत्त्वपूर्ण सडक तथा पुलहरू निर्माण गर्न प्रादेशिक सडक कार्यक्रम तथा पुलहरू निर्माण गर्न प्रादेशिक पुल कार्यक्रम…

Read More

काठमाडौँ: नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत…

Read More

काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन गरेको छ । समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् । मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् । ‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल…

Read More