Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
- निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुँदै
- एसइई परीक्षा शुरु, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले शासकीय सुधारलाई केन्द्रमा राख्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ । उक्त मस्यौदामा राजनीतिक दल र सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया मागिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘राष्ट्रिय प्रतिबद्धता’ तयार पार्ने उद्देश्यसहित सुझाव आह्वान गरेको हो । यसअघि सार्वजनिक गरिएको सय बुँदे कार्ययोजनामा दलहरूको घोषणापत्रमा उल्लेखित विषय समेटेर साझा राष्ट्रिय प्रतिबद्धता तयार गरी कार्यान्वयन गर्ने योजना उल्लेख गरिएको थियो । मस्यौदामा कुल १८ क्षेत्र समेटिएका छन् । जसमा आर्थिक स्थायित्व र सुधार, कृषि क्षेत्रको सुदृढीकरण र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास र उपयोग, खानी तथा खनिज र पूर्वाधार विकास प्रमुख छन् । यससँगै…
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे । अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीको उपसभापतिको जिम्मेवारीमा थिए ।
काठमाडौं: नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो साता आर्थिक सुधार, प्रशासनिक शुद्धीकरण र आगामी बजेटको तयारीमा तीव्र सक्रियता देखाएका छन् । पदबहालीका क्रममा गरेका नीतिगत निर्णयदेखि कर्मचारी प्रशासनमा मेरिट (योग्यता) को कार्यान्वयनसम्मका कार्यले मन्त्रालयमा नयाँ उत्साह सञ्चार गरेको देखिएको छ । गत चैत १३ गते पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वाग्लेले तीनवटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । जसअन्तर्गत चैत १२ सम्मको यथार्थ ‘आर्थिक स्थितिपत्र’ तत्काल सार्वजनिक गर्ने र निर्वाचनका वाचा पूरा गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने प्राथमिकतामा छन् ।यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेजीको प्रक्रिया…
काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित जित हासिल गरेका हुन् । लामाले ४१३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा एएसी ब्रिक उत्पादक संघका अध्यक्षसमेत हुन् । उनी निर्माण व्यवसायसँगै एक युवा उद्यमीका रूपमा पनि परिचित छन् । पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेका छोरा रहेका पाण्डेले नेतृत्व गर्दै आएको कालिका कन्स्ट्रक्सनले निर्माण क्षेत्रमा थुप्रै ठूला परियोजनाहरू सम्पन्न गर्दै आएको छ। वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्वको दोस्रो…
काठमाडौं: चालु आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आयमा ९.५ प्रतिशत वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको फागुन महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा आधारमा…
काठमाडौँ: इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लाग्दै गएको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेको हो। सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल सबैमा समान १५ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ दरअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँमा कारोबार हुनेछ ।
काठमाडौँ: संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान रेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहिबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
काठमाडौँ: आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरू हुनेछ। यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ चार…
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’को रूपमा चिनाउनेगरी अर्थतन्त्रको विकास गर्ने लक्ष्य रहेको बताएका छन् । मङ्गलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले देश बनाउने दृढ सङ्कल्पका साथ सरकार अघि बढेको र अर्थतन्त्रलाई मजबुत बनाउन निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको उल्लेख गरे। भेटका क्रममा अर्थमन्त्री वाग्लेले राज्यले उद्योगी र व्यवसायीहरूलाई स्वतन्त्र रूपमा फस्टाउने वातावरण र आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। ‘तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले दिन्छ, हामी देश बनाउने हुटहुटी बोकेर आएका छौँ,’ उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन आउनुस् हातेमालो गरौँ।’ उनले इमानदार उद्योगीहरू कानुनका छिद्रका कारण बदनाम हुने वा…
काठमाडौँ: संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान रेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहिबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।