Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नागरिक उड्डयन प्राधिकरणले बुध्द एयरको नेपालगञ्ज दिल्लीको उडान तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको छ । यसअघि बुध्द एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउ“सो १ र साँझा ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो । यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुध्द एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । बुध्द एयरले उडानका लागि आफ्नोतर्फबाट व्यापक गृहकार्यहरु गरिरहेको प्रेस विज्ञप्तीमा जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवाजाही हुने गरेको छ । यसैलाई ध्यानमा राखी…
काठमाडौँ: स्थागनपछि पुनः सुचारु गरिएको बैठकमा पनि काँग्रेसका संसदहरुले विरोध जारी राखेपछि अर्को बैठक असार २५ गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको छ । यसअघी, संघीय संसदमा अहिले जारी बैठकमा नेपाली काँग्रेसका संसदहरुले देउवा सरकारले निर्णय गरेको यस अघिको नियुक्ति खारेजीको निर्णयको विरोधमा संसद अवरुद्ध गरेका छन् । काँग्रेसका अधिकांश संसदहरु संसदको आ-आफ्नो सिटबाट उठेर संसदको अन्य काम कारवाही संचालन गर्न नदिएपछि सभामुख कृष्ण बहादुर महराले संसद अहिले आदि घण्टाका लागि स्थगन भएको जनाएका छन् । सभामुखले सदस्यहरुलाई विरोधको स्वरुप नियम संगत नभएको बताए ।
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको बताए । उनले सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताउँदै तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने काम नगर्न आग्रह गरे । सांसद देवले भन्नुभयो, “पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस्, लोकतन्त्रका लागि ठूलो योगदान दिने…
काठमाडौँ: पन्चकन्यामाई हाइड्रोपावर लिमिटेड सर्वसाधारणका लागि ११ लाख कित्ता प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ। पन्चकन्याले यहि श्रावण १ गतेदेखि उक्त प्राथमिक सेयर निष्कासनको तयारी गरेको हो । आवेदन खुला श्रावण ४ गतेसम्म मात्रै रहेको छ। कुल ११ लाख कित्ता मध्ये, ४४ हजार कित्ता सेयर भने उसले आफ्नो कर्मचारीहरुका लागि छुट्याएको जनाएको छ भने पांच प्रतिशत सेयर अर्थात ५५ हजार कित्ता सेयर म्युचियल फन्डका लागि राखेको छ । बाँकी १० लाख एक हजार कित्ता सेयर भने सर्वसाधारणका लागि जारी हुनेछन् । इच्च्युक आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम ५५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् । आवेदनका लागि सी-आस्वा प्रणाली अनिवार्य…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज बैंकिंग प्रणालीबाट ५ अर्ब रुपैयाँ उठाउन लागेको छ । केन्द्रीय बैंकले १४ दिन अबधिको निक्षेप संकलन उपकरण जारी गरेका उक्त रकम बैंकिंग प्रणालीबाट उठाउन लागेको हो । राष्ट्र बैंकले बजारमा तरलता नियन्त्रण गरि लगानी योग्य पुंजी व्यवस्थापनको लागि उक्त उपकरण जारी गर्ने गर्दछ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अबधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ । उक्त निक्षेप साउन चार गते परिपक्क हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ : नेपाल राष्टबैंकले शुक्रबारका लागि जारी गरेको डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको हो । केन्द्रीय बैंकले आजका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.६२ रुपैयाँ र खरीद दर ११०.०२ रुपैयाँ तोकेको छ । पछिल्लो केहि दिनदेखि अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । आजको नेपाली रुपैयाँ डलर संग इतिहासकै कमजोर भएको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । अर्थाशात्री दिल्ली राज खनालका अनुसार अमेरिकामा डलरको माग बढी हुँदा बिकशित मुलकबाट डलर अमेरिकामा जाँदा डलर मजबुत हुन गएको हो । अमेरिकामा ब्याजदर बढी हुँदा लगानीकर्ताहरु अमेरिकामा…
उर्लाबारी, मोरङ: लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा तीन लाख रुपियाँको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन् ।
काठमाडौं: विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरु आजबाट शुरु हुँदैछन् । रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता उरुग्वे र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ । फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । दोस्रो खेलमा राति ११ः४५ बजे ब्राजिल र बेल्जियम एक आपसमा भिड्ने छन् । ब्राजिलले यसघि मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो । शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो…
पहिलोक्लिक समाचारदाता काठमाडौँ: शेरबहादुर देउवा सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको आचारसंहित्ता लागु भएपछी गरेका नियुती र बढुवा खारेज गर्ने केपी ओली सरकारको बुधबार बेलुकाको निर्णयसँगै प्रदेश प्रमुखदेखि सबै खाले राजनीतिक नियुक्ती पाएका दर्जनौं व्यक्ति पदमुक्त हुने भएका छन् । उक्त मन्त्रिपरिषद बैठकले आचारसंहित्ता लागु भएको दिने भदौं १४ देखि फाल्गुन २, २०७४ सालसम्मका सम्पूर्ण नियुक्ति र बढुवा खारेज गर्ने निर्णय गरेको हो । यस सँगै नियुक्ति र बढुवा खारेजीमा परेका व्यक्ति र प्रदेश प्रमुख र अन्य राजनीतिक नियुक्ति पाएका र पदमुक्त हुने देखिएका ब्यक्तीहरु यी हुन् । प्रदेशप्रमुहरु: १) गोविन्द बहादुर तुम्बाहाङ २) रत्नेश्वोरलाल कायस्थ ३) अनुराधा कोइराला ४) बाबुराम कुँवर…
काठमाडौँ: नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ । बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने कार्य दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने जनाई न्याय सम्पादनमा कुनै हस्तक्षेप नगर्न आग्रह गरिएको छ । बारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका माग लिएर १५औँ पटक अनशन शुरु गरेका प्रा डा गोविन्द केसीको स्वास्थ्यलाई ध्यानमा राखी उहाँको जीवनरक्षामा ठोस निर्णय लिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । बारले आफ्ना छोरा कृष्णप्रसादको हत्या भएकामा न्यायका लागि पछिल्लो पटक ३७ दिनदेखि अनशन बस्दा गंगामाया अधिकारीको स्वास्थ्यावस्था…