Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएका समस्याहरुको विषयमा निर्णय गर्ने अधिकार विशेष महाधिवेशनको हललाई मात्र भएको बताएका छन्। मंगलबार भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्रको हललाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले पार्टीभित्र देखिएको विवादको सम्बनधमा संवाद जारी रहेपनि महाधिवेशनको हल बाहिर गएर टुंगिन नसक्ने टिप्पणी गरेका हुन्। उनले पार्टी निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढिसकेको उल्लेख गर्दै ती कार्यक्रमहरु स्थगित नहुने स्पष्ट पारे। उनले पार्टीभित्र टिकट वितरणको विषयमा बार्गेनिङ भइरहेको भनि फैलाइएको हल्लाप्रति आपत्ति पनि जनाए। हजारौँ प्रतिनिधि दुई दिनदेखि पार्टी सुधारका विषयमा मन्थन गरिरहेको भन्दै महामन्त्री थापाले यसलाई टिकटको स्वार्थसँग जोडेर अपमान गर्ने प्रयास नगर्न चेतावनी दिए। उनले भने,…

Read More

काठमाडौं: काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका छन् । सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक एवम् कांग्रेस नेता सुवास पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताएका छन् । आइतबार विशेष महाधिवेशन उद्घाटनको साँझसम्म ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको थियो । तर आयोजकले ५६ प्रतिशत प्रतिनिधि सहभागी भएको प्रदेशगत विवरण सार्वजनिक गरेका थिए । जसमा सबैभन्दा बढी मधेश प्रदेशका प्रतिनिधि विशेष महाधिवेशनमा आएका थिए । तर सोमबारसम्म यो संख्या बढेर ६३ प्रतिशत पुगेको पोखरेलले बताए । यदि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईतिहाइ महाधिवेशन प्रतिनिधि…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज छलफल गर्ने भएका छन्। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको मुखमा पुगेपछि त्यसलाई बचाउँन भन्दै देउवा आफै संवाद गर्ने भएका हुन्। यसअघि उनले विशेष महाधिवशेन पक्षसँग छलफल कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई अगाडि सारेका थिए। तर, सहमति नजुटेपछि र विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेपछि देउवा आफै सक्रिय भएका हुन्।सोमबार उनले आफू पक्षीय नेताहरू र डा. शेखर कोइराला पक्षका नेताहरूसँग छलफल गरेका छन्। उनले कानून व्यवसायीलाई समेत निवासमा बोलाएर राय लिएका छन्। देउवालाई भेटेर फर्किएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले…

Read More

काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सोमबार बन्दसत्र सकिएको छ भने मंगलबार बिहान फेरि सुरु हुने भएको छ। सोमबार भएको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए। उनीहरूका प्रस्तावमा महाधिवेशन प्रतिनिधिले समूहगत छलफल गरेका थिए। आज छलफल नसकिएपछि फेरि मंगलबार बन्दसत्र जारी रहने महाधिवेशन पक्षधरका नेता सुवाषकुमार पोखरेलले जानकारी दिए। विशेष महाधिवेशनमा महामन्त्रीद्वय थापा र शर्माले पेश गरेका प्रतिवेदनमाथि छलफल जारी रहेको उनले बताए। सोमबार भएको छलफलमा कोसी प्रदेशको टोलीले आफ्नो समूहगत प्रतिवेदन बुझाएको छ। केही प्रदेशले छलफल जारी राखेको पोखरेल बताए। ‘महामन्त्रीका प्रतिवेदनमा छलफल जारी छ। भोलि सकिन्छ’ उनले भने। पुराना समिति भंग गरेर नयाँ…

Read More

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो दिनको विशेष महाविधेशनको बन्दसत्रमा सोमबार प्रस्तुत सो प्रस्तावमा थापाले विशेष केन्द्रीय महाधिवेशनबाट सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट मार्गदर्शन, व्यवस्थापनमा अब्बल पार्टी निर्माण गर्ने उल्लेख गरेका छन् । ‘कांग्रेसलाई २००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२र६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको पार्टी बनाउनेछौँ’, महामन्त्री थापाद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ । महामन्त्री थापाले पार्टीको नेतृत्वमा…

Read More

काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन ४ हजार १०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै महँगो हो । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेसँगै ५ हजार माथि पुगेको छ । आज चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले वि‍शेष महाधिवेशन‍मा सभापति नजाने बताएका हुन्। ‘सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,’ उनले भनेका छन्। कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा बोल्ने वक्ताहरूले सभापति देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह गरेका थिए।

Read More

काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष विधान महाधिवेशन अन्तर्गतको बन्दसत्र आज सोमबार बिहान सुरु हुँदैछ । आइतबार राजधानीमा सम्पन्न उद्घाटन समारोहपछि महाधिवेशन औपचारिक छलफल र निर्णयको चरणमा प्रवेश गरेको हो। बन्दसत्रमा पार्टीको विधान, संगठनात्मक संरचना, आन्तरिक प्रक्रिया तथा भावी कार्यदिशासम्बन्धी विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । पार्टी नेता रामप्रसाद अधिकारीका अनुसार उद्घाटन समारोह अपेक्षाकृत व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भएको छ । महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको दाबी गर्दै नेतृत्व पक्षले यस विशेष महाधिवेशनबाट हुने निर्णयहरू वैधानिक हुने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन आयोजना गर्नुको पृष्ठभूमिमा पार्टीभित्र लामो समयदेखि उठ्दै आएका संगठनात्मक र प्रक्रियागत…

Read More

काठमाडौं: मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन् । प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् । उनले अब भोलिबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । यसअघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताए । ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ । र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’…

Read More

काठमाडौँ: काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा पनि गर्न लागेका छन् । प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ । उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए पनि अहिले भने रास्वपासँग एकता गरेका छन् । उनी रास्वपा उपसभापति पनि हुन् ।

Read More