Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको तथ्यांक सार्वजनिक गरेको छ । महानगरले चैत्र ११ गतेदेखि हालसम्म खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बिमा लगायतका शीर्षकमा सो रकम खर्च गरेको जनाएको छ । महानगरको चैत्र ६ मा बसेको कार्यपालिका बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको काठमाडौं महानगरका सूचना अधिकारी नवराज ढकालले जानकारी दिए । उनकाअनुसार वडा कार्यालयबाट राहत तथा खाद्यन्न वितरणका लागि ५७…
काठमाडौं: सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।
काठमाडौं : सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । आज अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्क अनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएका छन् । कूल आवेदन दिएका मध्ये ६ लाख १५ जनाको आवेदन भेरिफाई समेत भइसकेको एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १३ हजार जनाको आवेदन रद्द गरिएको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले कूल ३० लाख कित्ताको लागि यही असाज २१ गतेबाट आवेदन खुल्ला गरेको थियो । सो आईपिओमा यही असोज २५ गते अपरान्ह १७ः०० बजेसम्म आवेदन खुल्ला गरिएको छ । आवेदन दिएका मध्ये दुई लाख ७३…
एजेन्सी : जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहने विदेशी नागरिकहरुलाई यात्रा अनुमति दिने भएको छ। कोरोना भाइरसका कारण बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने तयारी थालेको छ । जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन्। सरकारले अत्यावश्यक काम परेका र आउनैपर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो। जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ। जापान आउनुअघि यात्रुहरुले कोरोना भाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ। त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्ने र…
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ। सास फेर्न गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज शुक्रबार बिहान साढे १० बजे बाटामा नै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए। नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो।
काठमाडौँ: चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएको र निमोनियाको लक्षणसमेत देखिएको उनका सहयोगी डाक्टर तोसिमा कार्कीले बताइन् । डा.कार्कीका अनुसार डा.केसीमा निमोनियाको लक्षण देखिएकाले सिटी स्क्यान समेत गरिएको छ । विभिन्न माग राख्दै अनसनरत डा.केसीको आज अनसनको २६ औं दिन पुगेको छ । सरकारले बिहीबार डा.केसीका मागबारे उनका प्रतिनिधिसँग वार्ता गरेको भएपनि बिहीबारको वार्ता निष्कर्ष बिहीन भएको थियो । डा.केसीका माग बारे शिक्षा मन्त्रालय आन्तरिक छलफलमै रहेको जनाइएको छ ।
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार ९हिजो० काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना गरी जम्मा २,५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ थियो । पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त…
काठमाडौं : नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय पुगेको छ। गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो। ५ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। यसअघि बिहीबार नेपालमा १२ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौँ: सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए । वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो । यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् । यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई नै आधार मानेर पौड्याललाई सचिव नियुक्त गरेको हो । भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको…
