Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । त्यस्तै आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । आजसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।
ललितपुर: ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन् । यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उनीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका हुन् । हामीले हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैवचोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिए । उनले भने, “यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।”…
काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९३४ जनामा कोरोना पुष्टि भएको हो। यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो।
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा १ हजार ५१३ थप जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा २० हजार २९६ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै देशभरमा ९ हजार ६८९ संस्थागत आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १० हजार ८९१ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ । यसअघि पनिबैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाकम निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
काठमाडौं: काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरिएको छ। मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताए। मंगलबार बिहानभरीमा मात्रै एक हजार ५८ वटा सवारी साधान प्रहरीले नियन्त्रणमा लिएका छ। तीमध्ये १ सय ६१ वटा चारपांग्रे र बाँकी दुईपांग्रे हुन्। नियन्त्रणमा लिइएको सवारीसाधान सडकमै होल्ड गरिएको छ। उपत्यकाका तीन जिल्लाका सीडीओले जोरबिजोर प्रणालीमा सवारी साधान सञ्चालन गर्ने निर्णय गरेपनि चेकजाँच नहुँदा सवारीको चाप बढेको थियो। ‘हामीले पनि चेकजाँचमा केही कम गर्यौं, मान्छेहरुले नियमै मान्न छाडे, कोरोना संक्रमणको जोखिम भने दिनदिनै बढिरह्यो, त्यही भएर आजदेखि थप कडाइ गरिएको छ’, ट्राफिक…
काठमाडौँ: काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ। यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ। सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो। तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज…
काठमाडौं: निरन्तर घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ। तोलामा ९ सय रुपैयाँले बढेर कारोबार मूल्य ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारको मूल्य स्थिर थियो। मंगलबार चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी भएको छ। तोलामा २५ रुपैयाँले बढेर १ हजार १ सय ७५ रुपैयाँ प्रतितोला भएको हो। सोमबार चाँदी तोलाको तोलाको १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमानै सुन चाँदीको मूल्य क्रमिक रूपमा घटबढ भइरहेको छ। आज बिहान सुन प्रतिऔंस १८८३ ५२ डलर र…
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले नेप्सेमा सूचिकरण भएका कम्पनीहरुलाई यहि असोज मसान्तभित्र नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाउन निर्देशन दिएको हो । सूचिकृत कम्पनीहरुले बार्षिक सूचिकरण नविकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाईसक्नु पर्ने व्यवस्था रहेको छ । समयभित्रै नविकरण नगराउने कम्पनीलाई बार्षिक १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने पनि नेप्सेले जनाएको छ । धितोपत्र कारोबार नियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्ता पूँजी भएका कम्पनीले एक लाख रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नेछ । यस्तै डिबेन्चर र म्युचुअल फण्डको हकमा ५० करोड रुपैयाँसम्म चुक्तापूँजी…
बागलुङ: यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् । महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने…
