Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश जारी भएको छ । राष्ट्रपतिले सो अध्यादेश जारी गरेसँगै अवरुद्ध प्रहरी समायोजनको बाटो खुलेको छ । संघ र प्रदेश प्रहरी बीचको अधिकार बाँडफाँड गर्ने सम्बन्धमा ०७६ मा बनेको ऐनमा काठमाडौं उपत्यकालाई प्रदेश–३ मा राख्ने व्यवस्था गरेपछि विवाद भएको थियो । अहिले अध्यादेशमार्फत संशोधन गरिएको ऐनले उपत्यकाको प्रहरीलाई केन्द्र मातहत राखेको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर हेर्ने अहिलेको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर ‘‘संघिय राजधानी प्रहरी कार्यालय’ राखिएको छ । उपत्यकाका ३ जिल्लाका ठुला अपराध अनुसन्धान गर्ने युनिट अपराध महाशाखालाई पनि केन्द्र…

Read More

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर रु एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि…

Read More

काठमाडौँ: काठमाडौँ जिल्लामा ६४९ सहित काठमाडौँ उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २३५ महिला र ४१४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरमा १६ महिला र २० पुरुषसहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५० महिला र ८२ पुरुषसहित १३२ जनामा कोरोना पुष्टि भएको छ । यसैबीच आज नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार…

Read More

काठमाडौँ: नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

Read More

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)काले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन्। सोमबार बिहान चिनियाँ दूतावास अगाडि प्रदर्शन गरिरहेका मध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। नेविसंघका कार्यकर्ताले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै चिनिया दूतावासमा प्रदर्शन गरेका छन्। त्रिपाठी चिनौँ सीमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन्। पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्कालगायतका नेता छन् । कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदासीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भूमि र सिमानाबारे सूचित…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७७/७८ को बजेटले व्यवस्था गरेको २ खर्ब २५ अर्बको आन्तरिक ऋणका लागि सरकाले कार्यतालिका स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैङ्कले पठाएको प्रस्तावलाई बिहीबार अर्थ मन्त्रालयले स्वीकृत गरेर फिर्ता पठाएसँगै चालु आर्थिक वर्षको लागि राष्ट्र बैङ्कले कार्यतालिका सार्वजनिक गरेको हो । अघिल्लो वर्ष वैशाख अन्तिममा मात्रै कार्यतालिका स्वीकृत गरे पनि यो वर्ष बजारमा तरलता बढेपछि सुरुम्र कार्यतालिका सार्वजनिक गरेर ऋणपत्र निष्कासन सुरु गरेको हो । बिहीबार मन्त्रालयले आन्तरिक ऋण निष्कासन तालिकाका साथै पहिलो चौमासको बोलकबोल तालिकासमेत स्वीकृत गरेर पठाएको राष्ट्र बैङ्क राष्ट्रऋण विभागकी कार्यकारी निर्देशक डा. नीलम तिमिल्सिनाले जानकारी दिइन् । प्रकाशित कार्यतालिका अनुसार पहिलो चौमासको…

Read More

काठमाडौँ: प्राइभेट पीसीआर ल्याव तथा अस्पतालहरुले सरकारसँगको वार्ताबाट ठोस निश्कर्ष नआएसम्म पीसीआर परिक्षण शुल्क ३ हजार ८ सय ९९ लिने बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निजी प्रयोगशालाले लिने शुल्कको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको र सो शुल्क निर्धारण गर्नुको वैज्ञानिक आधार मन्त्रालयलाई पेश गरेको जनाएका छन् । आठ वटा निजी प्रयोगशाला सञ्चालक तथा अस्पतालहरुले विज्ञप्ति जारी गर्दै पीसीआर परिक्षण शुल्कका बारेमा विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा आएका समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले आफूले प्रदान गरेको सेवा महत्त्वपूर्ण र उच्चस्तीय रहेको बताउँदै महामारीको अवस्थामा मन्त्रालय र निजी प्रयोगशाला सञ्चालकबीचको असमझदारीले कसैको हीत…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको बताए । पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको उनको भनाइ छ । संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि…

Read More

काठमाडौँ: अपि पावर कम्पनीको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निमार्णका लागि ६ वटा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोढ ऋण लगानी गर्ने भएका छन् । कम्पनीले सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणको काम शुरु गरेको छ । उक्त आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएकोमा ७० प्रतिशत लगानी हिमालयन बैंकको अगुवाईमा जुटेको हो । उक्त आयोजनामा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले…

Read More

काठमाडौं: स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो । फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा पुर्‍याएका थिए । उनले ५ मिनेटको अन्नतरमा दुई गोल गरे । पहिलो गोल खेलको १५ औं मिनेटमा गरे भने दोस्रो गोल १९ औं मिनेटमा गरेका हुन् । यस्तै, सुरुवाती दबाबमा परेको भिल्लारियलविरुद्ध कप्तान मेस्सीले खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । विपक्षी टोली भिल्लारियलका…

Read More