Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको बताइएको छ। भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ। राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनकाबीच प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए। त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। सिओओ पौडेलका अनुसार दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको उनले बताए। भाटभटेनीमा लुटपाट गर्ने समूहका ९…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको बर्तौलाले जानकारी दिए । प्रमुख सचेतकहरूको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले राखेका मागका विषयमा सम्बोधन गर्ने जानकारी गराएको सभामुख घिमिरेको सचिवाले जानकारी दिएको छ । सभामुखको सचिवालयका अनुसार संसद्…

Read More

काठमाडौं: स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन् । मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको छ । यसले स्वास्थ्य बीमा बोर्डलाई थप श्रोत प्राप्तिका लागि समेत बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको…

Read More

काठमाडौँ: उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले लगानीको वातावरण बनाएपनी अझै गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो । माल्टामा जारि १६ औ युरोप क्षेत्रिय सम्मेलन लाई सम्बोधन गर्दै उहाँले भारत र चीनको उदाहरण दिदै लगानीका लागि राजनीतिक स्थायीत्व जरुरी रहेको बताउनुभयो । ‘अहिले सरकारको प्राथमिकतामा नितिगत सुधार गर्ने छ।हाम्रा कानुन धेरै बोझिला छन्।त्यसैले मिलाउन पर्ने धेरै छ।प्रणालीगत समस्यालाई सुधार्न भनेरै अध्यादेश ल्याइएको हो। उहाँले भन्नुभयो, ‘अब कुनैपनि फाइल अनुसारको काम गर्नलाई ७ दिन भन्दा धेरै लगाउन पाइदैन।काम नहुने रहेछ भनेपनि के कारणले भएन भनेर उपयुक्त जबाफ दिन पर्छ।’ उहाँले अब विदेशमै बसेर नेपालमा उद्योग दर्ता गर्न सकिने बताउनुभयो ।…

Read More

काठमाडौँ: नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। अघिल्लो दिन अर्थात् शुक्रबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ बढी हो। यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार…

Read More

काठमाडौं: म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ । उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ । भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन् । रेडक्रसका अनुसार अझै पनि ९० भन्दा बढी मानिसहरु त्यसरी फसेका छन् । नजिकैको बस्तीमा उद्धारकर्मीहरुले एक किन्डरगार्टनवाला भवनभित्र १२ प्रिस्कुल बच्चा तथा एक शिक्षकको शव भेटेका बताइएको छ । राष्ट्रसंघीय मानव सहायता एजेन्सीले सबैभन्दा ठूलो शहर यांगून, राजधानी पी ताव…

Read More

काठमाडौं । सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको उनले बताए । प्रहरीसँग झडप हुँदा अराजक बनेको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जन र तीनकुनेस्थित घरमा आगलागी हुँदा जलेर क्यामेरा पर्सन सुरेश रजको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् ।///रबिन्द्र मिश्र, धवल समशेरसहित १७ जना पक्राउ, सुवेदी नजरबन्दमाकाठमाडौँ: काठमाडौंको…

Read More

काठमाडौँ: काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाललाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।

Read More

काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आन्दोलनरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरिएको हो । उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेका छन्। ‘समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ…

Read More

काठमाडौं: काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । २९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।

Read More