Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
राससइटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले जानकारी दिए। के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नै नगरेको भए देश र जनताको लागि प्रतिगामी शक्तिसँग मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताएका हुन्। ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ,’ उनले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले मुख्य ३ विषयमा निर्णय गरेको हो। दोस्रो निर्णयको रूपमा सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्यअनुसार विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ। त्यस्तै, विपन्न समुदायका लागि राहतको प्याकेज घोषणा गर्ने पनि निर्णय गरेको छ। कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री दीपक खड्काबीच मनमुटाव हुँदा लामो समयदेखि प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन। बोर्ड बैठकमा कुलमान घिसिङले मन्त्रीको चाहनाविपरीत निर्णयमा असहमति राखेपछि विवाद चर्किँदै गएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै प्राधिकरणको बोर्ड…
काठमाडौँ: सत्तारुढ दलहरुको बैठकले भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले विवादमा रहेको भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको हो । सत्तारुढ जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए सरकारलाई समर्थन नदिने अडान लिएको थियो, जसका कारण राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको थियो । राष्ट्रिय सभामा अन्य पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयकहरु पारित गर्ने प्रक्रियामा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश अगाडि नबढाउने स्पष्ट पारेका हुन् । बैठकमा सहभागी जसपा नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले भने, ‘भूमि अध्यादेश फिर्ता लिन्छौैं भन्ने प्रधानमन्त्री कुरा थियो र उहाँले उक्त अध्यादेश संसदीय प्रक्रियामा अघि नबढाउने…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देश हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । मंगलबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट नियुक्तिपत्र लिएर शाक्य रत्नपार्कस्थित प्राधिकरण मुख्यालय पुगेका हुन् । यसअघि, शाक्यले शपथग्रहण लिनुभएको छ । उहाँलाई उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आज उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सपथग्रहण गराउनुभएको हो । शाक्य नेपाल सरकार, मन्त्रीपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो । शपथग्रहण कार्यक्रममा उर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने वक्यौता मन्त्रीपरिषद्को निर्णयलाई समेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि…
काठमाडौ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यस्को अन्तय भएको वताउनुभएको छ । नेपाल उधोग वाणिज्य महासंघको कृषि उधम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्वन्धी सम्मेलनलाई सम्वोधन गर्दे कृषिमन्त्री अधिकारीले मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अव सवै अनुदान पारदर्शीे हुने र कसले केका लागि कति रकम लिएको हो सवैले थाहा पाउन सक्ने अवस्था वनेको छ ,भन्नुभयो । विगत पाँच वर्षमा १ खर्व ५ अर्व रुपैया रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयवाट जाने अनुदान भने अहिले रोकिएको वताउनुभयो । कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गरेपछि सरकाविरुद्ध आन्दोलन र प्रदर्शन सुरु भएको छ । प्राधिकरणको कुशल व्यवस्थापन गरी लोडसेडिङ हटाएका कुलमानलाई सरकारले सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई हटाएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । सो क्रममा उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुतला दहन गरेका थिए । उनीहरूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगत्तै प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो । यस्तै, घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा माओवादी केन्द्र आबद्ध भ्रातृ संगठनहरू आन्दोलित भएका छन् । आज दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय…
काठमाडौँ: मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ। नवनियुक्त सीईओ लुइँटेल पर्यटन व्यवसायी हुन्। प्रेम बहादुर आले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०७८ फागुनमा उनलाई तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए। उनी चार वर्षका लागि नियुक्त भएका थिए भने त्यसअघि पनि उनी सोही पदमा एक कार्यकालमा बसिसकेका थिए। उनले तारागाउँमा विकास समितिमा दुई कार्यकाल सदस्य सचिवको रुपमा बसिसकेका छन्। उनले आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको सरकारी जग्गाकोको खोजी र काराबाहीको प्रकृया अगाडि बढाएका कारण पनि चर्चामा रहेका थिए। सर्लाही घर भएका उनी यसअघि पशुपति विकास कोषका कार्यकारी निर्देशका लागि…
काठमाडौं: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । यस अघि हितेन्द्रलाई नै हटाएर कुलमानलाई नियुक्त गरेको सरकारले हितेन्द्रलाई नै नियुक्त गरेर कुलमानलाई हटाएको हो ।
काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो । सरकारले सोधेको चारबुँदे स्पष्टीकरणका विषयमा कुलमानले ७ वटा बुँदामा स्पष्टीकरण दिएका थिए । कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए ।…