Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

यस्ता छन्, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय काठमाडौँ l सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिक, उद्योग–व्यवसाय तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई लक्षित गर्दै राहत तथा पुनरुत्थानका विभिन्न कार्यक्रम घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडितका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। उक्त रकम बाढी प्रभावितको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहत कार्यमा प्रयोग गरिनेछ। सरकारले बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अघि बढाउने भएको छ। यसअन्तर्गत राहत, कर तथा महसुल छुटलगायत विभिन्न सहुलियत र सुविधा उपलब्ध…

Read More

काठमाडौँ l रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानस्वरूप घटना भएको १३औँ दिन, सोमबार भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। भोटेकोशी बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले राष्ट्रियस्तरमै शोक मनाउने निर्णय गरेको हो।

Read More

काठमाडौँ l साताको बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले बढेर ४४९.५० विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.१५ अंकले बढेर १७४.३५ र सेन्सेटिभ फ्लोट परिसूचक ०.१२ अंकले बढेर १५१.७३ विन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। कुल १४५ कम्पनीको सेयर मूल्य…

Read More

काठमाडौँ l रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको नवौँ दिन नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भ्रमण गरेका छन्। प्रधानसेनापति सिग्देलले बिहीबार त्रिशूली नदी आसपास तथा टनेललगायत क्षेत्रमा नेपाली सेना र अन्य सम्बद्ध निकायले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा उनले खोज तथा उद्धारमा खटिएका नेपाली सेनाका सकलदर्जासँग जानकारी लिँदै सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य कायम गरी उच्च मनोबलका साथ उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन्। यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। सेनाका अनुसार बिहीबार बिहान ११ बजेसम्म…

Read More

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम अगाडि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिरो गएको स्थानको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ। रुख कटानको काम सम्पन्न हुनासाथ आवश्यक उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं: विपद्का कारण उत्पन्न विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा उद्योगी–व्यवसायीलाई परेको समस्या समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ। चेम्बरले जमलस्थित आफ्नो सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो। पृथ्वी राजमार्गलगायत देशका विभिन्न महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध हुँदा अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति प्रभावित भएपछि व्यवसायीलाई सहजीकरण गर्न डेस्क स्थापना गरिएको चेम्बरले जनाएको छ। डेस्कमार्फत राहत तथा अत्यावश्यक सामग्री ढुवानीका क्रममा देखिने समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ। चेम्बरका अनुसार अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज आवागमनको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय…

Read More

काठमाडौं: राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड १ लाख रुपैयाँ तथा ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । एक कार्यक्रमबीच सम्बन्धित संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । यसअभि मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)द्वारा सदस्य कम्पनीबाट…

Read More

काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाहले आज संघीय संसद्को प्रतिनिधि सभालाई सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधि सभाको बैठक निर्धारित समयमै सुरु हुने संसद् सचिवालयले जनाएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।

Read More

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ । विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा…

Read More

रसुवा–नुवाकोटदेखि नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सैनिक परिचालन, तीनवटा हाइड्रोका टनेलमा विदेशी विज्ञसहित खोजी तीव्र काठमाडौं । बाढीपहिरोले तहसनहस बनाएको रसुवा, नुवाकोटसहितका प्रभावित क्षेत्रमा मानवीय उद्धारको प्रयास अझै तीव्र पारिएको छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र हराइरहेका वा फसेका हुनसक्ने व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै नेपाली सेनाले विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरेको छ। आज २०८३ भदौ १६ गते बिहान ११ बजेसम्म नेपाली सेनाले हवाई माध्यमबाट मात्रै २३ जनाको उद्धार गरेको छ। यसअघि बाढीपछि तत्काल गरिएको उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रबाट २७९ जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। टनेलभित्र पस्दै उद्धार टोली, सयौं मिटरभित्र खोजी हराइरहेका व्यक्तिको खोजीका…

Read More