Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । तीन जिल्ला गोरखा, लमजुङ र तनहुँ भएर बग्ने यस आयोजनामा कुमारी बैंकको अगुवाइमा १० अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन टुंगो लागेको हो । लगानी सम्झौतामा शुक्रबार सम्झौता भएको छ । सम्झौतामा एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकबीच ऋण सम्झौता भएको छ । कम्पनीका अनुसार निर्माण अवधिको ब्याजसहित यस आयोजनामा २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण…

Read More

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका कारण सार्वजनिक सेवामा व्यहोर्नुपरेको झन्झट अन्त्य गर्न सरकारका नाममा आदेश जारी गरेको छ । राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्न खोजिएको भन्दै दायर रिट निवेदन खारेज गरेको सर्वोच्च अदालतले त्यसक्रममा सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले नागरिकको बासस्थान नजिकैको विन्दुमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कामलाई तिव्रता दिन सरकारलाई आदेश दिएको छ । निर्देशनात्मक आदेशमा सर्वोच्च अदालतले भनेको छ, ‘राष्ट्रिय परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा व्यहोर्नु परेको झन्झट,असहजता र कठिनाइको अन्त्य गर्नू ।’ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरु अब्दुल अजिज मुसलमान अनि नृपध्वज निरौलाको इजलासले सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुमा राष्ट्रिय…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला सरकारले गरेको बेवास्ता र लापरवाहीको परिणाम अहिले मुलुकले ग्रे लिस्टमा पर्ने खतरा बढेको बताएका छन् । उनले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बैठकमा सम्बोधन गर्दै सरकारले समयमै काम नगर्दाको परिणाम मनी लाउन्डरिङको मुद्दामा देखा परिसकेको बताएका हुन । सरकारले ल्याएको विधेयकलाई ९० दिन बित्दा पनि संसद्ले पारित गरेन भने सरकारले वैकल्पिक व्यवस्था गर्ने उनको भनाइ छ । देश अघिल्ला सरकारको समयमा भएको बेवास्ता र लापरवाहीको परिणाम अहिले मुलुकले भोग्नुपर्ने भएको छ– हाम्रो देश ग्रे लिस्टमा पर्ने खतरा बढेको उनले बताए । सम्पत्ति शुद्धिकरणको मामिलालाई निगरानी राख्ने संस्था फाइनान्सियल टास्क फोर्स(एफएटीएफ)ले नेपालको मूल्यङकन गर्दै आएको छ ।…

Read More

काठमाडौँ: रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् । कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाएका छन् । सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन् । त्यसपछि उनीहरू बैठक छाडेर निस्केका छन् ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्। सभामुख घिमिरेलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई निलम्बन गर्नु कानुनसम्मत नरहेको जिकिर गरेका थिए। ‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनु,’ लामिछानेको भनाइ थियो। तर सभामुख घिमिरेले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको लामिछानेलाई जबाफ दिएका छन्। ‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा निलम्बन…

Read More

काठमाडौं: सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

एजेन्सी: अमेरिकामा यात्रु विमान र सैनिक हेलिकप्टर ठोक्किँदा ६७ जनाको ज्यान गएको छ । वाशिंगटन डिसीमा अमेरिकी सेनाको हेलिकप्टर र अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै ठोक्किएको थियो । ठोक्किएपछि विमान र हेलिकप्टर दुबै पेटोम्याक नदीमा खसेका थिए । उक्त दुर्घटनामा विमानमा सवार ६४ र हेलकप्टरका तीन ६७ जनाकै ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । उक्त घटना २००१ पछि अमेरिकाको सबैभन्दा घातक हवाई दुर्घटना मानिन्छ । २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको ज्यान गएको थियो । त्यस्तै २००१ को सेप्टेम्बर ११ को आक्रमणमा अलकायदाले चारवटा यात्री विमान अपहरण गरी आतंकवादी हमलामा प्रयोग गरेको…

Read More

झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चारजनाको मृत्यु हुने गरेको छ । नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनि मृत्यु हुने गरेको उनले बताए । ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ । खोप अभियानअन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालयबाहिर रहेका ५४ हजार…

Read More

काठमाडौँ:अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले मङ्गलबार चीनको चर्चित एआई च्याटबट डिपसिकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गरेका छन्। चीनस्थित प्रविधि स्टार्टअपद्वारा विकसित डिपसिक च्याटबटले गत हप्ता जारी भएयता उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ र वित्तीय बजारहरूमा हलचल ल्याएको छ। धेरै कम लागतमा पश्चिमी प्रतिस्पर्धीहरूसँग टक्कर लिन सक्ने क्षमताका लागि प्रशंसित यो च्याटबटले बजार अग्रणी च्याट जीपीटीलाई पछि पार्दै एप डाउनलोड चार्टको शीर्षमा पुगेको छ। तर अस्ट्रेलियाका विज्ञानमन्त्री हुसिकले सावधानी अपनाउन आग्रह गरेका हुन्। ‘गुणस्तर, उपभोक्ता प्राथमिकता, डाटा र गोपनीयता व्यवस्थापनबारे समयक्रममा धेरै प्रश्नहरूको जवाफ दिन आवश्यक छ’, हुसिकले राष्ट्रिय प्रसारक एबीसीलाई भने, ‘म यसबारे धेरै…

Read More