Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धरान : धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिलाको गए राति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनलाई शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएको एक घण्टा पछि नै उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ। कोरोना संक्रमणले अवस्था जटिल बनेपछि उनलाई न्यूरो अस्पताल विराटनगरले बिपीमा रिफर गरेको थियो। विराटनगरमा उपचार सुरु गर्नुअघि उनले भारतमा उपचार गराएको पाइएको छ। उनलाई श्वाँसप्रश्वाँस, थाइराइड र मुटु सम्बन्धी समस्या रहेको डाक्टर सापकोटाले जानकारी दिए।
चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उनले बताए । अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागका बहिरङ्ग सेवाबाट…
चितवन : निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ । न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने…
काठमाडौँ: भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र स्त्री तथा प्रसुति रोग विभागका प्रमुखलाई पनि कोरोना संक्रमण देखिएको छ। अस्पतलका अध्यक्ष डा.भोजराज अधिकारीले मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी, स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे। अर्का एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको उनले बताए। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा.अधिकारीले बताए। अस्पताल तथा सरोकारवाला निकायको आकस्मिक बैठक बसेर अस्पताल कसरी सञ्चालन गर्ने बारे निर्णय गरिने अध्यक्ष डा.अधिकारीले बताए। अस्पतालको आकस्मिक कक्षलाई अर्को ठाउँमा सारेर आधारभूत सेवा दिने तयारी भइरहेको उनले बताए। यसअघि सोही अस्पतालको आइसियू कक्षमा कार्यरत…
सिन्धुपाल्चोक: छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो। यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै…
सिन्धुपाल्चोक: जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।…
काठमाडौँ: कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ । त्यसैगरी प्रदेश नं १ का १० हजार ८८३, प्रदेश नं ५ का आठ हजार ५९८, प्रदेश नं २ का आठ हजार ५०६, गण्डकी प्रदेशका छ हजार ७०१, सुदूरपश्चिम प्रदेशका एक हजार ३१९ र कर्णाली प्रदेशका एक हजार १७७ जना स्वदेश फर्केका हुन् । सो अवधिमा विभिन्न ३० मुलुकबाट नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ…
सिन्धुपाल्चोक: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो । सो अवसरमा प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ । त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । त्यस्तै दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण सेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ। बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो। बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्षभित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए। यस्तै अहिले पनि करिब १ अर्बबराबरको आईपीओ स्वीकृत भइसकेको उनले बताए। जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँबराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन हुँदै…
काठमाडौँ: काठमाडौंको मनमैजुुमा छुुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नुुवाकोट घर भई हाल काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय लक्ष्मण रिमाल तामाङको शुुक्रबार साँझ हत्या भएको थियो। उनको हत्यामा संलग्न रही फरार रहेका दोलखाका आङदोर्जे शेर्पाला प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। घटनास्थलबाट शुुक्रबार नै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा आङदोजले लक्ष्मणलाई छुरा प्रहार गरेको पत्ता लागेको थियो। प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। तर, छुरा प्रहार गर्ने दोर्जे भने फरार रहेका थिए। प्रहरी अपराध महाशाखाबाट खटिएको एसपी ईश्वर कार्कीको टोलीले दोर्जेलाई शनिबार बिहान पक्राउ गरेको हो।…
