Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी सुशील भट्टलाई तत्काल पदमा बहाल नगर्न र कामकाज गर्न नलगाउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले सो आदेश दिएको हो। सुशील भट्टको नियुक्ति बिरुद्ध परेको रिटमा उच्च अदालत पाटनले मंगलबार सो आदेश गरेको हो। भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले आइतबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा सो पदका लागि भट्टको योग्यता नपुगेको दाबी गर्दैै कार्यक्षमतामा प्रश्न उठाइएको छ। उच्च अदालतमा साउन ३२ गते थप…

Read More

काठमाडौँ: सरकारले गत ९ गतेबाट शुरु गरेको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने सवारीधनीको सङ्ख्या न्यून छ । अहिलेसम्म झण्डै एक सय सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनले मात्रै यो नम्बर प्लेट लिएका छन् । गुर्जुधारास्थित यातायात कार्यालयले मोटरसाइकलले दैनिक पाँचदेखि १० जना सवारीधनीले मात्रै यो नम्बर प्लेट लिइरहेको जनाएको छ । अझै पनि धेरै नागरिकलाई यसबारे जानकारी नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार यसबारे प्रचार हुन नसकेकाले सवारीधनी कम सङ्ख्यामा आइरहेका हुन् । सवारीधनीले अनलाइन फारम भरेपछि इञ्जिन नम्बर, च्यासिस नम्बरलगायत विवरण हेर्न आउने गरेका छन् । कार्यालयले यसका लागि तीनजना कर्मचारी छट्याएको छ ।…

Read More

काठमाडौं: सरकारले रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार १० दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै घाइतेहरुको उपचार गर्दा लागेको बील बमोजिमको उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । अन्तरजातिय विवाहको विषयलाई लिएर भएको घटनामा भेरी नगरपालिका ९ जाजरकोटका नवराज वि.क., गणेश बुढामगर, लोकेन्द्र सुनार, संजिव वि.क., गोविन्द शाही, जाजरकोट इन्द्रबहादुर शाही, टिकाराम सुनारको ज्यान गएको थियो । उनीहरुको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको हो । यस्तै १२ जना…

Read More

काठमाडौं: शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द हुने भएका छन् । सरकारले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द रहने जनाएको हो । सोमवार बसको मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिएका हुन् । ‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ डा. खतिवडाको भनाई छ । मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जसअनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो ।…

Read More

काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक कर्मचारीले जानकारी दिए । उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ ।

Read More

काठमाडौँ: नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । मञ्चले ऐनमा आवश्यक संशोधन गरी नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक तुरुन्त पारित गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा अदालतले सोमबार विपक्षीका नाममा अग्राधिकारसहितको कारण देखाउ आदेश जारी गरेको हो । नागरिकता प्रमाणपत्र राष्ट्रले व्यक्तिको अस्तित्वलाई पुष्टि गर्न प्रदान गरिने कानूनी पहिचानको दस्तावेज हो । नागरिकता व्यक्ति र राष्ट्रबीचको…

Read More

काठमाडौं : सरकारले विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड–१९ (कोरोनाभाइरस)को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा यसअघि जारी भएको आदेशमा हेरफेर तथा थपघट गरेको छ । यसअघि सरकारले होटल तथा रेष्टुरेण्टको सेवा खुला गरेकोमा अब होटल तथा रेस्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय गरेको छ । यसैगरी सङ्क्रमणको सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघसंस्थाहरूले विद्युतीय माध्यमबाटसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ । सोमबारको…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६३८ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार ६९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आज उपत्यकामा थप १३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौँका १२१, लतिपुरका १२ र भक्तपुरका सात सङ्क्रमित रहेका छन् । कोभिड–१९ बाट थप चारको मृत्यु कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा…

Read More

नुवाकोट : नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । उनका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा आठ दिनका लागि…

Read More

काठमाडौं : लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य अस्ति आइतबारदेखि घट्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन आज १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ । चाँदीको आजको मूल्य प्रतितोला १…

Read More