Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि साउन २५ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार लघुवित्तले एक सय रुपैयाँ अंकित दरले ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो। यसअनुसार असार १४ गते आइतबारसम्म कायम यस लघुवित्तका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड…

Read More

काठमाडौँ : दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार हिजो सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । ठाउँठाउँमा डुबान शुरु भइसकेको छ । बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो । बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको…

Read More

काठमाडौं: धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो । पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको एसपी रेग्मीले  पहिलोक्लिकलाई जानकारी दिए ।

Read More

काठमाडौं: सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले यसबारे निर्णय गरेको हो । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन । यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ । यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै…

Read More

काठमाडौं: सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साउन २१ देखि गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए । उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

Read More

काठमाडौं: कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न सकेका छैनन्। त्रिविले परीक्षा सञ्चालनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षाध्यक्षको कार्यालयले कार्यदल बनाएको थियो। कार्यदलले दिएको सिफारिसमा पढाई अनुसार परीक्षाको तरिका पनि बदल्नुपर्ने सुझाव उपकुलपति कार्यालयलाई दिएको छ। परीक्षा पुरानै शैलीमा सञ्चालन गर्न सकिने, छुट्टै एप निर्माण गरेर विद्यार्थीलाई पनि…

Read More

काठमाडौं । सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ । त्यसका लागि साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय पुग्नुपर्नेछ । तर कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ । बैठकले भदौ १ गतेदेखि हवाई उडान समेत खोल्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने निर्णय समेत गरेको छ ।

Read More

काठमाडौं: अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर सोमबार रातिसम्म ७ जनाले ज्यान गुमाएका छन् । यस्तै १० जना घाइते भएका छन् । कागेश्वरी मनोहरा–१ गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ । यसैगरी दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलाले बगाएर ४२ वर्षीय मानमती ठगुन्ना र ५ वर्षीया बालिका आरती ठगुन्नाको मृत्यु भएको छ । उता पहिरोले पुरिएर तनहुँमा २ जनाको ज्यान गएको छ । भानु नगरपालिका–९ की ८० वर्षीया तिलमाया धौराली र १४ बर्षीया सितस्मा धौरालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले जानकारी दिए । सितास्माको उद्धारको क्रममा…

Read More

काठमाडौं: अविरल वर्षाका कारण धादिङमा गएको पहिरो र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङका झण्डै डेढ दर्जन ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । यस्तै बाढीका कारण धादिङ चितवन सीमानामा रहेको मोवाखोला पुल भत्किएको छ । धादिङको बोनिघाट रोराङ गाउँपालिका-१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुल भत्किँदा समस्या भएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत…

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८६ जना कोरोना संक्रमित थपिएका छन् । यसरी नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित पाँच हजार ९३६ हुन् । आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौंका २ जना र ललितपुरका एक जना रहेका छन् । यसैगरी सोमबार कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या १७३ रहेको छ । योसँगै अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या ६६।५१ प्रतिशत अर्थात् ११ हजार ८६८ पुगेको छ । यस्तै नेपालमा ५०० भन्दा बढि संक्रमित हुने जिल्ला रौतहट,कैलाली र बाजुरा रहेका छन् भने कोरोना मुक्त रहने जिल्ला भोजपुर, पाँचथर, धरान, संखुवासभा,…

Read More