Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । ‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् । ‘आधारभूत कुराहरुलाई पालना गरिएन भने, एउटै मात्र कुरा के हो भने यो महामारी जारी रहनेछ, यो झनै खराब, खराब र खराब बन्दै जानेछ । तर यो यस किसिमले हुनुहुँदैन,’ उनले भनेका छन् । ‘धेरै नै मुलुकहरु गलत…

Read More

काठमाडौं: आज (मंगलबार) देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्। यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो/अस्तिको तुलनामा वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन्। न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले केही दिनयता देशभर वर्षा व्यापक भएको थियो। याे रेखा जति नजिक भयाे, उति वर्षाकाे मात्रा बढ्ने माैसमविद् बताउँछन्। तर अहिले नेपालबाट याे रेखा केही तल सरे पनि याे तल माथि गरिरहने भएकाले पुन: माथि अर्थात् नेपाल नजिक आउने सम्भावना पनि रहने मौसमविद् बताउँछन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने…

Read More

काठमाडौं: डिसहोमले सर्वसाधरणका लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले सोमबार (आज) धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चुक्तापुँजीको १०.६० प्रतिशत बराबरको सार्वजनिक सेयर निष्काशन गर्न लागेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । ‘हामीले ३/४ वर्ष सेयर निष्काशनको प्रक्रिया थालिसकेका थियौं, तर सोचिएको समयमा प्रक्रिया अगाडि बढ्न सकेको थिएन,’ आचार्यले क्लिकमाण्डूसँग भने, ‘तर आज धितोपत्र बोर्डमा आवेदन दिएर सेयर निष्काशनको औपचारिक प्रक्रिया शुरु गरेका छौं ।’ कम्पनीले निष्काशन गरेको सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले किन्न पाइन्छ । कम्पनी सेयर निष्काशन तथा…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिए नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताएका छन् । सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले अहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धी गुम्ने बताए । उनले भने, ‘नयाँ ढंगले नसोची हुँदैन। सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ । अन्यथा जनमत समाप्त हुन्छ ।’ नेता खनालका अनुसार ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्ने गरेको आरोप लगाए । उनले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्‍चालन गर्ने भएको छ। यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अवस्थामा सुन्दर यातायातले प्रत्‍येक यात्रुको ज्वरो परीक्षण गरेर मात्र यात्रुलाई सवार गराइनेछ। यसका साथै सम्पूर्ण सुरक्षाको जिम्‍मेवारी लिँदै यात्रुलाई सेनिटाइजर, मास्क उपलब्ध गराउनेछ।’ यसका साथै हरेक एक राउण्डमा बसलाई डिसइन्फेक्शन गरिनछ भने चालक र सह-चालकलाई छुट्टै पञ्‍जा, सेनिटाइजर, पीपीइ, बुट र मास्क उपलब्‍ध गराउने यातायात प्रालिले जनाएको छ। यसका साथै सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइकन पुरानै भाडादरमा यात्रा…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नयाँ लाइसेन्स रोक्ने भएको छ। । आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाको इजाजत बन्द गर्ने राष्ट्र बैंकले जनाएको छ । आगामी मौद्रिक नीतिका विषयमा अर्थ समितिले सोमबार आयोजना गरेको छलफलमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको लाइसेन्स पूर्ण रुपमा बन्द गरिने जानकारी दिए। साथै उनले इजाजतको लागि पाइपलाइनमा रहेका लघुवित्तलाई समेत लाइसेन्स नदिने राष्ट्र बैंकको नीति भएको प्रष्ट पारे। राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थाको लाइसेन्स पहिल्यै रोकिसकेको छ । हाल ९१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा आइसकेका छन्। झण्डै एक दर्जन संस्था आवेदन…

Read More

काठमाडौं:सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमित व्यक्ति उपचारपछि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यो अहिलेसम्म २४ घण्टाको अवधिमा धेरै डिस्चार्ज भएको संख्या हो। योसँगै डिस्चार्ज हुने संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ। अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित छन्। यो तथ्यांकलाई हेर्दा ६१ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। सरकारले १४ दिन अस्पताल बसेका र लक्षणविहीन संक्रमितलाई परीक्षणबिना पनि घर पठाउन सक्ने नयाँ निर्देशिका जारी गरेपछि डिस्चार्ज हुनेको संख्या ह्वात्तै…

Read More

तनहुँ: अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन्। कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ। सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु…

Read More

काठमाडौं: सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए । विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला नै बाढी पहिरोबाट अति जोखिम क्षेत्रका रुपमा रहेको जानकारी दिँदै गृहमन्त्रालयले हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी प्रभावित पाइएको बताएको छ । बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण…

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित मध्ये ९ जना काठमाडौं उपत्यकाका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा १, ललितपुरमा ५ र काठमाडौं ३ गरी उपत्याकामा ७ जना नयाँ संक्रमित थपिएका जानकारी दिएको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५२५ जना रेडजोनमा रहेको बताए। सोमबार जम्मा २५ वटा प्रयोगशालामा ५ हजार ८०६ वटा पीसीआर परीक्षण गरिएको उनले बताए। आज एक हजार ७०५ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म १० हजार २९४ जना डिस्चार्ज भएका…

Read More