Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ। अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम नेपाल)ले काठमाडौंमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीनवटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेका हुन्। उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रुपान्तरण प्रवर्द्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवर्द्धन र वातावरणीय दिगोपन तथा जलवायु सहनशीलता अभिवृद्धि रहेका छन्। हाल नेपालमा एडीबीले विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको छ। जसमा कुल ४.३ अर्ब डलर लगानी भएको छ। ती परियोजनामार्फत निजी क्षेत्रको विकास,…
काठमाडौँ: अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ। यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायहरूसँग परामर्श गरेको छ। सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यथार्थपरक बजेट आउँदा बिचबिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य–मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरेका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको…
काठमाडौँ: अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने बताए। ‘उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ। अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर सोधपुछ गर्छौँ र परिवारको जिम्मा लगाउँछौँ’, एसपी कुँवरले भने। उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने उदेश्यले नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रको सीमा हुने भएकाले बोल्ने कुराको पनि सीमा हुनु पर्ने बताएका छन् । बुधबार २६औ यदु स्मृति दिवसमा बोल्दै मन्त्री गुरुङले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् गर्न नहुने बताए । त्यसकारण बोल्ने कुराको पनि सीमा हुनुपर्ने उनको भनाइ थियो । ‘हतियार उठाएर मात्रै हिंसा हुँदैन । हतियार उठाउन उत्तेजित गर्ने र उत्साहित गर्ने पनि हिंसा हो । सामाजिक सञ्जालबाट पनि हिंसा भइरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जाल नियमन गर्ने हो बोल्न रोकेको होइन । समाजमा गलत गतिविधिलाई रोक्न आवश्यक छ । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्नुभएन…
काठमाडौँ, २० फागुनः भोलि मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ ।
बुनु थारु/राससकाठमाडौँ, २० फागुनः वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुईहप्ता घरमै आराम गरेर निको भए पनि उहाँलाई हल्का खोकी अझै लागिरहेको छ । भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लुएन्जा) कडा महसुस गर्नुभयो । उहाँले लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाउनुभयो । “खोकी एकदमै लामो समयसम्म लागिरहेको छ । एक हप्ता टाउको उठाउनै सकिन । जीउ आलस्य र एकदमै कमजोर भएको छ”, खड्काले भन्नुभयो । उहाँहरू मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्याको सामना गर्नुपरेको गुनासो गरिरहेका छन् । छाति तथा दम…
काठमाडौँ, २० फागुनः सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् ।
काठमाडौँ: ग्लोबल आइएमई बैंकले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ। बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नविनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो। यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतिहरूको समाधान खोज्न समेत सहयोग पुग्नेछ। प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ। ग्लोबल आइएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवर्द्धन गर्न…
काठमाडौँ: बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्। जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको अर्थमन्त्रालयले जनाएको छ।
काठमाडौँ:थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ। यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। यसपटक भने समस्या समाधान छिटो गरिएको छ। बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए। बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ। त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए।…