Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको सामना संयम, एकता र दृढता साथ गर्न सबैमा अपिल गरेका छन्। आइतबार एक अपिल सार्वजनिक गर्दै पूर्वप्रधानमनत्री समेत रहेका देउउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थिति सामना संयम र एकता साथ गर्न अपिल गरेका हुन्। उनले महामारी रोक्न लगाइएको लकडाउनका कारण जनजीवन थप कष्टकर बनेको बताएका छन्। ‘देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ’, सभापति देउवाद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकूल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु।’ सभापति देउवाले…

Read More

काठमाडौं:  एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आजबाट एकीकृत वित्तीय कारोवार सुरु गरेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ बृद्घि भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ । एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुनेछ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्धत गर्नेछ । कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६…

Read More

रौतहट: रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया रहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए । घटना लगत्तै ईलाका प्रहरी कार्यालय समनपुरका सई क्षेत बहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेस क्याम्प समनपुरबाट ५ जनागरी १० जनाको टोली घटनास्थल पुगेको थियो ।…

Read More

बुटवल: प्रदेश ५ को अस्थायी मुकाम बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालका आइसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् । दैनिक लक्षणसहितका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड भरिएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार बुटबल धागो कारखनामा बनाइएको कोरोना अस्थायी अस्पतालमा १६ वटा आइसियु बेड छन् । त्यहाँ ८ जना बिरामीलाई अक्सिजन दिइएको छ । दुई जना बिरामी भेन्टिलेटरमा छन् । लुम्बिनी प्रादेशिक अस्पतालले व्यवस्थापन गरेको कोरोना विशेष अस्पतालमा आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम रहेको डा खनालले बताए । उनका अनुसार जम्मा ३६ वटा आइसोलेसन बेड रहेकोमा २१ जना बिरामी आइसोलेसनमा छन्…

Read More

तनहुँ: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका छन् । “असार २३ गते (जुलाई ७) सम्म तीनवटा कम्पनीले बोलपत्र पेश गरेका थिए”, भण्डारीले भने, “प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छौं।” उनका अनुसार…

Read More

काठमाडौं: विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो । स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो दोस्रो…

Read More

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली कमजोर हुँदै गएकाले देशका एक/दुई स्थानमा मात्रै भारी वर्षा हुने आँकलन गरेको छ। मनसुन पिक चरणबाट बिस्तारै ओरालो लाग्दै गएकाले भारी वर्षाको सम्भावनासमेत कम हुँदै महाशाखाले जनाएको छ। महाशाखाले ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको क्षेत्रलाई भारी वर्षाको रुपमा मापन गर्दै आएको छ। नेपालमा मनसुन १० जुनदेखि सुरु भई २३ सेप्टेम्बरमा सकिने भएकाले अब मनसुन सकिन ४० दिन बाँकी छ। आईतबार देशैभर बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद बरुण पौडेल बताए। हल्कादेखि मध्यम वर्षा हुने र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ। तर गण्डकी प्रदेशका एक/दुई…

Read More

काठमाडौँ: थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले जानकारी दिइन्। संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेको उनले जनाइन्। अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण देखिएको छैन। आज पनि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ। स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा प्रभावित नभएको मिश्रले बताइन्। उनले संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको…

Read More

काठमाडौँ: औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन । – चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं । यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो । तीजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यमार्फत सुनेका छौं । – आफन्त वा चिनजान भएका व्यक्तिको मृत्यु भयो भने मलामी नगए के सोंच्लान ? भनेर मुख देखाउन भएपनि जाने औपचारिकताको कारण वीरगंज, बुटवल लगायतका धेरै ठाउँमा मलामीहरू संक्रमित भएका…

Read More

एजेन्सी: भारतमा कोरोना संक्रमितको संख्या ३० लाख पार भएको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ५६ हजार ८ सय ४६ को मृत्यु भइसकेको छ । यस्तै २२ लाख ७९ हजार ९ सय संक्रमित निकोसमेत भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार १ सय १ बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म भारतमा ३० लाख ४३ हजार ४ सय ३६ कोभिड–१९ द्वारा संक्रमित छन् । यहाँ कोरोनाका एक्टिभ केस ७ लाख ६ हजार १ सय ३८…

Read More