Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरूको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो । प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् । यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता…

Read More

काठमाडौँ:जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन्। आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यादेशप्रति आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन्। अध्यादेश आफ्नो पार्टीका कारण नरोकिएको र सरकारले नै संसद्‌को कार्यसूचीबाट हटाएको बताए। ‘हामीले कहाँ अड्काएका छौँ त। सरकारले कार्यसूचीबाट आफैँ फिर्ता लिन्छ। हामीले अड्कायो कसरी भयो? हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ,’ उनले भने, ‘क्रिएटिभ रुपले हामी सोच्दैछौँ। देश र जनताको हितमा हामी अगाडि बढ्छौँ।’सरकारले संसद्को कार्यसूचीमा राखेलगत्तै पार्टीले निर्णय सार्वजनिक गरिहाल्ने उनको भनाइ छ। अध्यादेशलाई समर्थन गर्न जसपा, नेपालले बार्गेनिङ गरिरहेको विषयमा प्रश्न गर्दा…

Read More

काठमाडौं । ललितपुरमा ४ वर्षीय बालक अपहरण गर्ने एक भियतनामी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भियतनामका २३ वर्षीय माइ होङ किन्लाउन रहेका छन् । गत बिहीबार राति ८ः२० मा ललितपुरको ललितपुर महानगरपालिका- १२ पाटनबाट सरिता तामाङको ४ वर्षीय जिरे भनिने पल चेपाङ हराएका थिए । उनले आफ्नो छोरा हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएकी थिइन् । अनुसन्धानको क्रममा ४ वर्षीय बालकलाई अपहरण गरी कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै रहेको इलाम मेची गेष्ट हाउसको कोठामा बन्धक बनाइ राखेको अवस्थामा परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बालकलाई सकुशल उद्धार गरी अपहरण कार्यमा संलग्न…

Read More

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ । पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो । त्यसक्रमा दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने,…

Read More

काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम रहेको छ । यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरस, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ । केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ । मुख्यगरी केम्यान टापु सरकारले भने…

Read More

काठमाडौँ:कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको देखिन्छ । पाथीभरामा केबलकार निर्माणको प्रसङ्ग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो । करिब दुई वर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतिहरू प्राप्त गरेपछि…

Read More

काठमाडौँ : खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन ।प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा…

Read More

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास आयात तथा बिक्री रोकी देशभरका उद्योग बन्द गर्ने चेतावनी दिएको छ । लामो समयदेखि ग्यास उद्योगमा समस्या परेको र समाधानका लागि राज्यबाट कुनै पहल नभएको भन्दै बिहीबार पत्रकार सम्मेलनमार्फत संघको चेतावनी आएको हो । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले पत्रकार सम्मेलनमार्फत १९ बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए । उक्त माग पूरा नभए आन्दोलन बढाउने उनको भनाइ छ । ग्यास आयात तथा खरिद–बिक्री रोकी अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणासमेत उनले गरे । ‘हाम्रो माग पूरा नभए ३० माघदेखि आन्दोलनमा जान बाध्य हुनेछौँ,’ उनले भने, ‘यस बिचमा हाम्रा समस्या सम्बोधन भए ठिकै…

Read More

काठमाडौँ:कालीकोटमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिका- ८ मा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा नरहरीनाथ ५ रुप्साका ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ। देउवा ट्रक धनी हुन्। लालु गाउँबाट मकै र भटमास लिएर सुर्खेत फर्किने क्रममा स्थानीय हलेसे भिरबाट तल खसेर ट्रक दुर्घटना भएको हो। ट्रक चालकले भने फाल हानेर ज्यान जोगएका छन्। ओरालो सडकमा आफैँ अनियन्त्रित भएकार ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकाटेका प्रमुख डीएसपी टेक बहादुर रावतले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका देउवालाई उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको…

Read More

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका…

Read More