Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ५/६ वटा स्पष्टीकरणको जवाफ दिएको भन्दै स्पष्टीकरणको अर्थ नरहेको बताएका छन्। बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशका सडक बत्तीको महसुल भुक्तानी गर्ने पालिकाहरूलाई प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै घिसिङले आफूले अन्तिम समयसम्म राष्ट्रका लागि काम गर्ने स्पष्ट पारे। ‘आज हो कि भालि हो भन्ने हल्ला तपाइँले सुन्नुभा होला। तर भए पनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने, ‘मैले ५/६ वटा स्पष्टीकरण दिएँहोला। सोधियोहोला। यसले माने राख्दैन। मलाई ० दिएपनि सय दिएपनि त्यसले पनि माने राख्दैन।’ घिसिङले जतिसुकै स्पष्टीकरण खानुपरेपनि आफू अन्तिम क्षणसम्म प्राधिकरणको काममा लागिरहने बताए। ‘हामी सबैले राष्ट्रिय…
काठमाडौँ: सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठक बैठकले अध्यादेश स्वीकृत गरेको हो। सांसद चन्दा कार्कीले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकार भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए। त्यसपछि उक्त प्रस्ताव बहुमतले स्वीकृत भयो।
काठमाडौँ:प्रतिनिधिसभाबाट ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो। अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो। त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुतगरे। उक्त प्रस्ताव बहुमतले पारित भएको छ। यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ।
काठमाडौं: सरकारले जारी गरेको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले बहुमतबाट उक्त अध्यादेश अनुमोदन गरेको हो । बैठकमा प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गर्दै मन्त्री गुरुङले संसद् अवरुद्ध भएका बेला आवश्यक कानूनी व्यवस्थाका लागि अध्यादेश ल्याउनुपर्ने बाध्यता रहेको बताए । संसदमा पाँच वर्षदेखि पारित नभएका विधेयक रहेको र कानुन आवश्यक हुने बताए । ‘संसद्मा पाँच वर्षदेखि पारित नभएका विधेयक छन्। के अत्यावश्यक विषयहरू वर्षौंसम्म पर्खेर बस्न सक्छौं? विधेयकहरू…
काठमाडौँ: सेयर बजार परिसूचक (नेप्से) आज पनि घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से आज पनि २५.१६ अंकले घटेको हो । योसँगै बजार परिसूचक २८२१.१३ विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भयो । सोमबारभन्दा अगाडि नेप्से १० दिनसम्म लगातार बढेको थियो । पछिल्लो पटक गत बुधवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उच्च दरमा बढेको नेप्सेले यो अवधिमा २१२ अंकले बढेको थियो । यो वृद्धिले लामो समयदेखि साइडवेजमा चलेको बजारमा बुलिस ट्रेन्डको संकेत देखिएको थियो । तर, पछिल्लो तीन दिनमा बजार ६८ अंकले करेक्सन भएसँगै बजार साइडबेजको अवस्थाबाट उठ्न नसकेको देखिएको छ । आज बजारमा…
काठमाडौँ: एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ। अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम नेपाल)ले काठमाडौंमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीनवटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेका हुन्। उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रुपान्तरण प्रवर्द्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवर्द्धन र वातावरणीय दिगोपन तथा जलवायु सहनशीलता अभिवृद्धि रहेका छन्। हाल नेपालमा एडीबीले विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको छ। जसमा कुल ४.३ अर्ब डलर लगानी भएको छ। ती परियोजनामार्फत निजी क्षेत्रको विकास,…
काठमाडौँ: अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ। यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायहरूसँग परामर्श गरेको छ। सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यथार्थपरक बजेट आउँदा बिचबिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य–मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गरेका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको…
काठमाडौँ: अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने बताए। ‘उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ। अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर सोधपुछ गर्छौँ र परिवारको जिम्मा लगाउँछौँ’, एसपी कुँवरले भने। उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने उदेश्यले नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रको सीमा हुने भएकाले बोल्ने कुराको पनि सीमा हुनु पर्ने बताएका छन् । बुधबार २६औ यदु स्मृति दिवसमा बोल्दै मन्त्री गुरुङले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् गर्न नहुने बताए । त्यसकारण बोल्ने कुराको पनि सीमा हुनुपर्ने उनको भनाइ थियो । ‘हतियार उठाएर मात्रै हिंसा हुँदैन । हतियार उठाउन उत्तेजित गर्ने र उत्साहित गर्ने पनि हिंसा हो । सामाजिक सञ्जालबाट पनि हिंसा भइरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जाल नियमन गर्ने हो बोल्न रोकेको होइन । समाजमा गलत गतिविधिलाई रोक्न आवश्यक छ । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्नुभएन…
काठमाडौँ, २० फागुनः भोलि मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ ।