Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका…
काठमाडौं: सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेको छ । बिहीबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ अनुमान सार्वजनिक गरेका हुन् । यो आव सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । तर, आर्थिक वर्ष अन्त्यसम्म १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अर्थमन्त्री पौडेलको भनाइ छ । उनुसार चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र हुने अनुमान गरिएको छ । पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५…
चितवन: चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले सो आदेश गरेको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए। ‘यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु ५४,००,०००।- (चौबन्न लाख रुपैयाँ धरौट वा जमानत वा बैंक जमानत लिनू),’ आदेशमा भनिएको छ। प्रभु बैंकले बैंक ज्ञारेन्टी गर्ने…
काठमाडौँ: उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूला जलविद्युत आयोजनालाई चाँडो अगाडि बढाउनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशबाट प्रतिनिधीसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको कोशी प्रदेशको उर्जा र सिंचाई क्षेत्रको विकासका लागि बुधबार मन्त्रालयमा आयोजित छलफलमा उहाँले सरकारले राखेको उर्जा विकास मार्गचित्रको लक्ष्य पुरा गर्न सरकारले ठूला जलविद्युत आयोजनालाई चाँडो अगाडि बढाउनेगरी काम गरिरहेको बताउनुभएको हो । “सरकारले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पुरा गर्न सरकारलाई सांसदहरुको महत्वपूर्ण सहयोगको खाँचो छ,”– मन्त्री खड्काले भन्नुभयो । उहाँले उत्पादित विद्युतको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको उल्लेख…
काठमाडौँ: युक्रेनमा ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले दिएको जानकारीअनुसार ९ महिनादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पाको उद्धार गरिएको हो। दलालको प्रलोभनमा परी उनीहरू नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए। गैरआवासीय नेपाली संघका अध्यक्ष केसीका अनुसार गत मे महिनादेखि उनीहरू युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए। उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छाडिदिएको छ। अब गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर टीके२७४ मार्फत माल्दोवाबाट शुक्रबार दिउँसो…
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले बिहीबार लामिछानेलाई अदालत उपस्थित गराएको हो। बहस बुधबारदेखि सुरू भएको थियो। बुधबार थुनछेक बहस नसकिएपछि अदालतले लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो। सभापति लामिछाने बुधबार नै चितवन जिल्ला अदालत उपस्थित भएका थिए। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गर्दैछन्। बुधबार थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए।…
काठमाडौँ: काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्। बिहीबार बिहान ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिलराज बोहरलाले जानकारी दिए। उनका अनुसार बिहान कामदारहरूले ग्यास सिलिन्डर सार्ने क्रममा अकास्मात् आगलागी भएको थियो। सिलिण्डर सार्ने क्रममा ग्यास लिकेज भएपछि आगलागी भएको एसपी बोहराले बताएका छन्। घाइतेहरूमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ, उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नविन…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको छ । काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने सहितका व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएकोमा उक्त आदेश आदेश त्रुटिपूर्ण भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उच्च अदालत पाटनमा निवेदन दिने प्रक्रियाका लागि उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाइसकेको र चाडोँमा शुक्रबारसम्म र ढिलोमा आइतबारसम्म उच्च अदालत पाटनमा निवेदन दर्ता गर्ने तयारी भएको उच्च सरकारी वकिलको कार्यालय पाटन उच्च स्रोतले जनाएको…
काठमाडौं । नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढीरहेकोले बन्द हडटाल रोक्न आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडताल तत्काल नै रोक्न अग्रह गरेको हो । बन्दले आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको छ । बन्दको गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानी मैत्री वातावरण विथोलिने अवस्था सिर्जना तिनवटा निजी क्षेत्रले बताएको छ । ‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको…
काठमाडौँ । सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ साल जेठ २, ३ र ४ गते काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए । बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौँ उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबिच…