Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आज बिहान चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको हो। क्षतिको विवरण संकलन जारी छ। नेपालमा पनि उक्त भूकम्पको धक्का पूर्वी पहाड हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो। नेपालमा भने यहाँको समयअनुसार ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए। आजको भूकम्पले नेपालमा पनि क्षति भएको अनुमान गरिएको छ। तर अहिलेसम्म क्षतिका विवरण आइसकेका छैनन्। यस विषयमा बुझ्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएका छन्।
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताकोपूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्नएक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’ त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा…
काठमाडौँ: मंगलबार बिहान ६.५० मा गएको भूकम्पको केन्द्रबिन्दु नेपालमा नभई तिब्बतको डिङ्गे काउन्टीमा रहेको थाहा भएको छ । राष्ट्र भुकम्प मापन तथा अध्ययन केन्द्रको अनुसार भूकम्प ७.0 रेक्टर स्केलको रहेको छ जसको धक्का नेपालको काठमाडौँ, पूर्वी नेपाल, भारत, बंगलादेशसम्म पनि महसुश गरिएको जनाइएको छ ।
काठमाडौँ: पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जिल्ला अदालत कास्कीमा दायर भएको सूर्यदर्शन सहकारी ठगीको अभियोग माथि नै प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट बहस गर्न इजलासमा उपस्थित भएका श्रेष्ठले अभियोग पत्रको प्रक्रिया र नियतमाथि प्रश्न उठाए। न्यायाधीश नितिज राईको इजलासमा उनले पूरक अभियोग दर्ताको प्रक्रिया नमिलेको र त्यहाँ प्रतिवादीमाथि लगाइएको कसुर पनि गलत रहेको जिकिर गरे। जिल्ला सरकारी वकिल कार्यालयलाई यो मुद्दामा पूरक अभियोग दायर गर्ने अधिकार नै नभएको श्रेष्ठको दाबी छ। ‘अहिले पूरक अभियोग दायर गरिएको छ। मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर गरिएको हो। रवि लामिछानेलाई लगाइएको पूरक…
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै उनले बुझाएका थिएनन् । कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था सम्झौतामा छ । सम्झौताअनुरुप भदौभित्र कार्यसम्पादन मूल्यांकन नै नगराएपछि उनलाई पदबाट किन नहटाउने भन्दै सोमबार स्पष्टीकरण सोधिएको मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताए । ‘कार्यसम्पादन मूल्यांकन गराउँदा ५० प्रतिशतभन्दा कम अंक आयो भने हटाउनसक्ने व्यवस्था छ, उहाँले भदौभित्र गराउनुपर्ने मूल्यांकन नै गराउनुभएन, त्यसो हुँदा…
काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ । यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाइ छ । पछिल्लो सयम ३१ साउन २०८० मा…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका–चीन तनावबारे सुक्ष्म ढंगले अध्ययन र विश्लेषण गर्नुपर्ने बताएका छन् । आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा राजनाीतिक प्रतिवेदन पेस गर्दै ओलीले अमेरिका–चीनबिचको तनावको प्रभाव नेपालमा कस्तो पर्नेछ भन्ने कुरालाई पनि सुक्ष्म ढङ्गले अध्ययन–विश्लेषण गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय एवं विदेशी उत्पादनमा अतिरिक्त भन्सार लगाउने संरक्षणवादी नीतिको घोषणा, पनामा नहर, क्यानाडाका कतिपय भूभाग र ग्रीनल्याण्डलाई नियन्त्रणमा लिने चेतावनी, दशौँ लाख आप्रवासीहरूलाई अमेरिकाबाट बाहिर निकाल्ने बाचाले विश्व राजनीति र अर्थतन्त्रलाई तरङ्गित गरेको ओलीले उल्लेख गरेका छन् । नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै अमेरिका कसरी अगाडि…
काठमाडौँ: हेलिकप्टर कम्पनीहरूले तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान स्थगन गरेका छन्। वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको बताएको छ। राष्ट्रिय निकुञ्ज र पासाङल्हामु गाउँपालिकाका स्थानीयहरूले अवरोध गरेकाले उडान रोकिएको हो। हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभुति नभएसम्म उक्त क्षेत्रका सम्पूर्ण उडान आजबाटै स्थगन गरिएको संघका प्रथम उपाध्यक्ष प्रताप जंघ पाण्डेले जानकारी दिए। यसबाट यात्रुमा पर्ने असुविधा प्रति संघले क्षमा पनि मागेको छ। यसअघि राष्ट्रिय निकुञ्ज तथा गाउँपालिकाले पनि पुस १७ गते अर्थात् जनवरी १ बाट लागु हुने गरी उक्त क्षेत्र आसपासमा हेलिकप्टर उडान र अवतरणमा रोक लगाएको थियो।यद्यपि नियामक निकाय उड्डयन प्राधिकरणले सगरमाथा क्षेत्रमा हवाई…
काठमाडौँ:नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। यो प्रतिवेदनमा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यसअघिको सरकारको आलोचना गरेका छन्। ‘पूर्ववर्ती सरकारले भ्रष्टाचारविरूद्ध कुनै ‘अभियान’ चलाइरहेको थिएन। बरु ‘आफ्नालाई चोख्याउने’ अभियानमा केन्द्रित थियो,’ ओलीले केन्द्रीय कमिटीमा पेस गरेको प्रतिवेदनको पृष्ठ १० मा उल्लेख छ, ‘चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै वाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको…
काठमाडौँ: उपत्यकामा बिहान एकै छिन घाम लागे जस्तो भएर ८ बजेपछि एकाएक बादल लागेर चिसो बढेसंग देशभरको मौसमी प्रणालीमा पश्चिमी वायुको प्रभाव देखापरेको छ । जसका कारण मौसम प्रतिकूलताले नियमित हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन। काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ। आन्तरिकतर्फ काठमाडौँबाट…