Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: धितोपत्र दलाल ब्यवसायी अर्थात सेयर ब्रोकरहरुलाई नेपाल राष्ट्र बैंकले सेयर दलालहरुलाई मार्जिन लेण्डिङको सुबिधा दिन लागेको छ । यसो भएमा अव उपरान्त सेयर खरिद गर्ने ब्यक्ति वा संस्थालाई सेयर खरिदका सेयर दलालले ऋण दिन पाउने छन् । तर यसअघि धितोपत्र बोर्डले ब्रोकरहरुलाई मार्जिन ट्रेडिङको सुविधा मात्रै दिने ब्यवस्था गरेको थियो । राष्ट्र बैंकका प्रबक्ता नारयण पौडेलका अनुसार ब्रोकरले सेयर किन्नको लागि ऋण दिन पाउने नीतिगत ब्यवस्था गर्न लागिएको छ । यता राष्ट्र बैंक नियमानुसार भने कुनै कम्पनी, फर्म, संस्था वा निकायले निक्षेप संकलन गर्न वा ऋण दिनको लागि राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुन्छ । ‘ब्रोकरले सेयर किन्न ऋण दिन…
निझनिय नोभगोरोड, रूस: आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ । इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गर्नुभयो भने दुई गोल जोन स्टोनले गर्नुभएको छ भने एक गोल जेसी लिङगार्डले गर्नुभयो । इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गर्नुभएको थियो भने लिङगार्डले ३६ औँ मिनेटमा गोल गर्नुभएको थियो । पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गर्नुभएको…
चितवन: नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् । क्रान्तिकारीका जिल्ला सचिव दर्पणद्वारा जारी विज्ञप्तिमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको…
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा जिल्लाको गण्डकी गांउपालिका वडा नः ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावित जनसमुदायका लागि स्वास्थ्य शिविर कार्यक्रम शनिबार संचालन गरेको छ । सो कार्यक्रमको उद्घाटन गर्दै बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउदै आईरहेको र भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो । स्थानीय जनसमुदायको भव्य…
रियाद: साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका हुन् । महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचार संस्थाले यसअघि नै जनाएको थियो । साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र अब यही आइतबारबाट नै उनीहरुले यस्तो अधिकार पाएका जनाएको छ । महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग…
काठमाडौँ: नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा असार १ गतेदेखि नै सञ्चालनमा आएकोे हो । आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि ०००० र सीडीएमए मोबाइलका लागि १२३४ डिफल्ट पिन नम्बर हुने छ । जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN# डायल गर्नु पर्नेछ । साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ । सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए ।
भक्तपुर: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए । जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरे ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि शुक्रबार बिहान ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३०…
काठमाडौँ: तेत्तिस किलो सुन प्रकरणमा अबैध सुनमा लगानी रहेको आशंकामा सरकारी समितिले ललितपुरका एक होटल संचालक तथा ब्यापारी अकबर शाहलाई पक्राउ गरेको छ । पक्राउ पर्ने शाह यसघि राजधानीमै गोलि हानी हत्या गरिएका जमिम शाहका भतिजो हुन् । समितिले उनलाई नियन्त्रणमा लिएर साेधपुछ आज शुक्रबार पनि जारी राखेको छ । समितिका एक सदस्यका अनुसार शाहको पनि यस सुन तस्करीमा लगानीकर्ताको भूमिका रहेको फेला पारिएको छ । शाह मकबुल शाहका छोरा हुन् जो दुबईमा ठेकेदारको काम गर्छन । यस्तै, सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भन्ने मोहनकुमार अग्रवाल अझै पनि फरार छन्। अहिले अग्रवालको पक्राउ गर्न टोली सक्रिय छ। एमकेसहित उक्त…