काठमाडौं । बालेन सरकार गठन भएको २४ घण्टा पनि नबित्त्दै, गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहको अनुमतिमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न कहिँ कतै एक रत्ति अनकनाएनन्। बरु उनले रातभर प्रहरी प्रमुख दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुक राजु अर्यालाई अगाडी राहेखर छलफल गरे भने कानुन सचिव परास्वर ढुंगानालाई समेत शुक्रबार रातभर काममा लगाए।
फलस्वरुप, गृहमन्त्री गुरुङले शनिबार बिहानै काठमाडौँ अपराध महाशाखाको टोलि तयार गर्न लगाएर आइजीपी कार्कीको निर्देशन अनुरुप एक हुल प्रहरी दस्ता लिएर ओली निवास गुन्डु पुग्यो।

पक्राउ परेको केही मिनेटमै गृहमन्त्री गुरुङले आफ्नो सामाजिक संजाल (फेसबुक)मा जेनजी-आन्दोलनमा सहिद भएको र पशुपतिमा दाहसंस्कारका लागि पशुपतिको ब्रम्हनालमा राखेको सहिदको गोडा छोएको फोटो राख्दै आफ्नो प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, ” प्रमिस इज प्रमिस: कानुनभन्दा माथि कोही छैन, देशले अव नयाँ दिशा लिन्। “
पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन् । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्।
उनले भने,’राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’
मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकको टिप्पणी छ ।
‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने ।
