Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। यो प्रतिवेदनमा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यसअघिको सरकारको आलोचना गरेका छन्। ‘पूर्ववर्ती सरकारले भ्रष्टाचारविरूद्ध कुनै ‘अभियान’ चलाइरहेको थिएन। बरु ‘आफ्नालाई चोख्याउने’ अभियानमा केन्द्रित थियो,’ ओलीले केन्द्रीय कमिटीमा पेस गरेको प्रतिवेदनको पृष्ठ १० मा उल्लेख छ, ‘चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै वाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको…

Read More

काठमाडौँ: उपत्यकामा बिहान एकै छिन घाम लागे जस्तो भएर ८ बजेपछि एकाएक बादल लागेर चिसो बढेसंग देशभरको मौसमी प्रणालीमा पश्चिमी वायुको प्रभाव देखापरेको छ । जसका कारण मौसम प्रतिकूलताले नियमित हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन। काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ। आन्तरिकतर्फ काठमाडौँबाट…

Read More

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादीका तर्फबाट थुनछेक बहस जिल्ला अदालत कास्कीमा आज (आइतबार) पुन: सुरु हुनेछ। शुक्रबार सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहसले हिजो शनिबार एकदिनको विश्रामपछि आजदेखि पुन: निरन्तरता पाउने भएको हो। कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार शुक्रबार प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीले बहस गरेका थिए। पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएकाले आज पनि जारी रहने उनले बताएका छन्। यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए। प्रतिवादीहरूको बयान सकिएपछि जिल्ला न्यायाधीश नितिज राईको…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ । धुम्बराहीको स्मर्ट दरबारमा अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उgLबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान…

Read More

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यम स्तरको जनाउँछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले सूचनामार्फत…

Read More

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’ यसबारे अनलाइनखबरसँग कुरा गर्दै खनालले आफू पार्टीमा निष्कृय रहेको अवस्थामा त्यसको सन्देश…

Read More

काठमाडौं । बहुप्रतीक्षित आयोजना पेट्रोलियम अन्वेषणअन्तर्गत अन्वेषणात्मक ड्रिलिङ कार्य पूरा भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार पेट्रोलियम अन्वेषणअन्तर्गतको ड्रिलिङ कार्य ४ हजार २ मिटर गहिराइमा पुगेर सम्पन्न भएको हो। दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गत वैशाख २८ गतेबाट ड्रिलिङ कार्य प्रारम्भ गरिएको थियो। नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता बमोजिम चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्टअन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सीजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक ९वेल० ड्रिलिङ सुरु गरिएको थियो। ड्रिलिङ कार्यको गत वैशाख २३ गते संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औपचारिक उद्घाटन गरेका थिए। खानी तथा भूगर्भ…

Read More

काठमाडौँ– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन्। दिगो पर्यटन सहकारी संस्थाको शनिबार आयोजित १४औँ साधारण सभामा मन्त्री गुरुङले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए। उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्थासमेत अध्यादेशमा भएको जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बु पुगेका छन् । ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेका हुन् । उद्घाटन कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सूर्केमा राखिएको छ ।

Read More