काठमाडौँ: गृहमन्त्री सुदन गुरुङले आफूलाई कतिपयले राज्य सञ्चालक पुराना नेताहरूकै शैली अपनाउन दबाब दिइरहेको बताएका छन्।
आज बिहान त्रिशूली–३ ‘ए’को सुरुङबाट दुईजनाको उद्धार भइरहँदा गुरुङ पनि घटनास्थलमै पुगेका थिए।
त्यसक्रममा उद्धार गरिएका हाइड्रोका कर्मचारीलाई घटनास्थलबाट हेलिकप्टरसम्म पुर्याउँने कार्यमा गुरुङ पनि सक्रिय रहेको भिडियो सार्वजनिक भएपछि कतिपयले उनको यो शैलीको आलोचना गरेका छन्।
सामाजिक सञ्जालमा उनले आफूलाई पुरानो शैलीका नेतृत्वलाई झैँ मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्रै समात्ने रूपमा मात्रै नबुझ्न पनि आग्रह गरेका छन्।
‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ, जेनेरेसन ग्याप’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, चिन्ता लिनु पर्दैन।’
उनले आफूले हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू अनलाईन माध्यमबाट गरिरहेको दाबी पनि गरेका छन्।
‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ,’ गुरुङले लेखेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’
उनले टेबल पछाडि बसेरभन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको पनि बताएका छन्।
‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ,’ गृहमन्त्री गुरुङले भनेका छन्, ‘त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्नु चाहन्छु।’