Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सचिवालय बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउँदै प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने बताए। ‘एमसिसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि गर्नुपर्ने काम छन् ती अनुमोदन भएपछि नै गर्ने समझदारी भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने।’
काठमाडौँ: नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेट आकार र कार्यक्रमका हिसाबले व्यवहारिक तथा सन्तुलित रहेको जनाएको छ। परिसंघले जारी गरेको विज्ञप्तिमा कोरोनाबाट मुलुकको उद्योग व्यवसाय र रोजगारीमा परेको प्रतिकूल प्रभावलाई रोकेर अर्थतन्त्रलाई चलायनमान बनाउने समेत उल्लेख गरेको छ। परिसंघले स्वास्थ्य क्षेत्रको पुर्वाधार एवं जनशक्ति विकासलाई सम्बोधन गर्नु सकारात्मक रहेको जनाएको छ। तर परिसंघले स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी क्षेत्रले भोगेको समस्या र सहभागितालाई सम्बोधन नगरेको जनाएको छ। महामारीले प्रत्यक्ष असर पुगेका विभिन्न उद्योगहरुको पुनरुत्थान गर्न बजेटले १ खर्बको पुनर्कर्जा कोष तथा अति प्रभावित पर्यटन क्षेत्र लक्षित राहतका लागि ५० अर्बको कोषको परिसंघले स्वागत गरेको छ। परिसंघले अनौपचारिक तथा अति…
एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन् । डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ । उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ । अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ । डब्लूएचओ पूरै चीनको नियन्त्रणमा रहेको छ…
एजेन्सी: लिभरपुल फुटबल क्लब ३० वर्षपछि इंलिस प्रिमियर लिग जित्ने संघारमा छ । उपाधि रक्षाका लागि उ केवल २ जितबाट टाढा छ । तर घरेलु मैदान एनफिल्डमै उपाधि उचाल्ने लिभरपुलको आशा पूरा नहुनसक्छ । इंलिस प्रिमियर लिग १७ जुनबाट सुचारु हुने तय भइसकेको छ । यता, सुरक्षाको कारण देखाउँदै प्रहरीले कम्तिमा प्रिमियर लिगका ५ महत्वपूर्ण खेलसहित लिभरपुलको लिग उपाधि सुनिश्चित हुनसक्ने निर्णायक खेल न्युट्रल भेन्युमा खेलाउने प्रस्ताव ल्याएको छ । कोरोना भाइरस महामारीका कारण इंलिस फुटबलका बाँकी खेल खाली रंगशालामा हुने तय भइसकेको छ । तर रंगशालाबाहिर जम्मा हुने समर्थकहरुले खुसीयाली मनाउने क्रममा समस्या सिर्जना हुनसक्ने र सामाजिक दूरीको नियम…
काठमाडौँ: एमसिसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसिसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सचिवालय सदस्यको दबाबमा शनिबार बिहान आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको छ । यो समाचार आजको नयाँ पत्रिकामा सुरोजंग पाण्डेले लेखेका छन्। वरिष्ठ नेता झलनाथ खनाल भन्छन्, ‘एमसिसी यथास्थितिमै मान्ने, पालन गर्ने वा अनुमोदन गर्ने भन्ने प्रश्नै छैन । नीति तथा कार्यक्रममा भएको पनि प्रधानमन्त्रीले लागू हुँदैन भनेपछि मात्र हामीले मानेका थियौँ, त्यसकारण अब हटाउनुको विकल्प छैन, हटाइएन भने बजेट फेल हुन्छ ।’ सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा…
एजेन्सी: भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रमुख अस्पताल अल इन्डिया इन्स्टिच्युड (एम्स) मा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २०६ पुगेको अस्पतालले जनाएको छ । शुक्रबार सार्वजनिक रिपोर्टअनुसार अस्पतालका ११ कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार ३० स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए । सङ्क्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीबारे सोधिएको प्रश्नमा अस्पतालका सुपरिन्टेन्डेन्ट तथा चिकित्सक डिके शर्माले भने, ‘हामीले हाम्रा स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि आवश्यक सबै पूर्व सावधानी र सुरक्षाका उपाय अपनाएका छौँ । हाम्रा कर्मचारी सङ्क्रमित भएको पुष्टि हुँदासाथ उनीहरूलाई अलग राखी उपचार सुरू गर्ने र उनीहरूको सम्पर्कमा आएका विरामी तथा कर्मचारीहरूलाई खोजी गर्ने र आबश्यक अन्य सावधानीहरू…
प्रधानसेनापति थापाले एकपछि अर्को ठुलो भ्रष्टाचारको खुलासा गर्दै, झन्डै ६० लाखको अनियमितताको पर्दाफास
काठमाडौं: नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहितका सैनिक अधिकृतलाई कारवाही गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा परेका एक अधिकृतसहित अन्य नौ जनालाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ । सैनिक हवाई महानिर्देशनालय भएको उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सैनिक मुख्यालयले रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको थियो । उक्त बोर्डको प्रतिवेदनका आधारमा…
काठमाडौं: नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे…
काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रबार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउनेसम्बन्धी कार्ययोजना पारित गरेको छ। बैठकमा कुन-कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो । विभिन्न देशमा रहेका नागरिकहरू जो स्वदेश फर्किन चाहन्छन् उनीहरूको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्नेछ। सोही सूचीअनुसार क्रमशः उनीहरूलाई स्वदेश फर्काउने कार्ययोजना छ। तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि सुरु हुने एक…
काठमाडौं: पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ कामा पनि संक्रमण भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना बालिका छन् भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,…
