Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकका शाखा ७४६ वटा स्थानीय तहमा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनासम्मको विवरण हेर्दा अब जम्मा ७ वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छ । राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्न निर्देशन दिए अनुसार शाखा विस्तार भएका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनाको विस्तृत प्रतिवेदन अनुसार ७ वटा प्रदेश मध्ये २ वटा प्रदेशका सबै स्थानीय तहमा शाखा विस्तार भएका छन् भने ५ वटाका केहीमा पुग्न बाँकी छ । विवरण अनुसार प्रदेश नम्बर १ मा…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले क्वारेन्टाइनमै युवाको मृत्युले गम्भीर प्रश्न उब्जाएको बताएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्युलाई सामान्य तवरले बुझ्न नहुने कांग्रेसको भनाइ छ। ‘ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरूलाई नजरअन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिन झनै विकट हुनेछन्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति निकालेर भनेका छन्। ती युवकको मृत्युसँग सम्बन्धित प्रश्नको गहिरो समीक्षा गरेर सरकार आत्मालोचित हुनुपर्ने पनि शर्माले बताएका छन्। नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न कांग्रेसले सरकारलाई चेतावनीसमेत दिएको छ। सरकारलाई यस्ता छन् कांग्रेसका सात प्रश्न: १. ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक वान्ता…

Read More

काठमाडौं: मौसम मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । महाशाखाले आज विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने भएकाले सतर्क रहन आग्रह गरेको हो । महाशाखाका अनुसार उक्त चक्रवातको असरले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा र हिमपात हुन सक्नेछ ।

Read More

काठमाडौँ: कोरोना संक्रमण भएका नेपाली सेनाका वरिष्ठ अधिकृतका सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। महोत्तरीमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत उच्च अधिकृत र त्यहाँ कार्यरत चिकित्सकलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। आफ्ना उच्च अधिकृतलाई कोरोना भाइरस पुष्टि भएपछि सेनाले यसको कारण खोज्न सुरू गरेको हो। ‘हामीले ट्रेसिङको काम गरिरहेका छौं। दुवैजनाको सम्पर्कमा आएकाहरूको खोजी गरेर आइसोलेसनमा राख्ने काम भइरहेको छ,’सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’अहिले व्यारेक पूरै सिल गरिएको छ। व्यारेकमा अझै सतर्कता अपनाउन निर्देशन दिइएको छ।’ पृतनामा कार्यरत चिकित्सकबाट ती उच्च अधिकृतलाई कोरोना संक्रमण भएको हुन सक्ने सेनाको अनुमान छ।…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भए पनि काठमाडौंका सडकमा किन सेना देखिएको भन्ने प्रश्न गरेका छन्। सरकारले ल्याएका नीति तथा कार्यक्रमबारे सोमबार प्रतिनिधिसभा संसदमा भएको छलफलमा भाग लिएका सांसद सिंहले राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने सेना सडकमा देखिएको बताएका हुन्। ‘हिजो कालिमाटीस्थित सडकमा सेनाले चेक गरेको भन्ने आएको छ,’ उनले भने, ‘शान्ति सुरक्षामा नेपाल प्रहरी खटाउने हो। सेना राष्ट्रिय सुरक्षामा खटिनुपर्ने हो। यो सरकारको नियत के हो?’ नयाँ पत्रिका दैनिकले सोमबारको अंकमा ‘अतिक्रमित क्षेत्रमा प्रहरी पठाएर राजधानीको सडकमा सेना: श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो’ समाचार लेखेको थियो।…

Read More

काठमाडौँ: कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न समेत भनेको छ । स्थानीय केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्नेलगायतका अमानवीय कार्य भइरहेकोप्रति पनि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । …

Read More

काठमाडौँ: रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा…

Read More

काठमाडौँ: टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सिना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले मृतक बस्ने घर, छिमेकी घर र मृतकले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । स्वाब सङ्कलनको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले…

Read More

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ । शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् । शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ । कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपियाँ…

Read More

काठमाडौँ: पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ । २ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिएको हो । आजको नयाँ पत्रिका दैनिक लेख्छ–एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प व्यवसायी सदस्य छन् । बाँसबारीको खड्का आयल स्टोरका सञ्चालक अच्युत खड्का यसका अध्यक्ष छन् । उनको पम्पलाई नाकाबन्दीका वेला इन्धनमा कालोबजारी गरेको र डेढ वर्षअघि पनि चालकको हडतालमा तेल लुकाएको आरोपमा कारबाही गरेको थियो । अध्यक्ष खड्काले मन्त्रालयमा सचिव वैकुण्ठ अर्याल र आयल निगमका…

Read More