Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भारतका विभिन्न स्थानबाट आएर रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा रहेका सयौं नेपालीलाई ल्याउने क्रम शुरु भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय क्वारेन्टाइनमा एक महिना बढी समय बिताएका नेपालीलाई नेपाल ल्याउन थालेको हो। उनीहरु नेपाल आएपछि पनि चौध दिन क्वारेन्टाइनमा बसेपछि मात्र आफ्नो गृह जिल्ला जाने छन्। यद्यपी रुपन्देहीका केही स्थानीय तहले भने आफ्ना पालिकामा क्वारेन्टाइन अभाव भएको भन्दै भारतबाट आएकालाई राख्न नसकिने बताएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार अहिले बेलहिया सीमानानजिक भारतीय क्वारेन्टाइनमा करिब १६ सय नेपाली रहेको र उनीहरुमध्ये करिब १२ सयले क्वारेन्टाइन अवधि पुरा…

Read More

काठमाडौं: दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । ‘जम्मा २५ जनालाई अहिले बीओपीमा राख्दैछौं, अरुलाई भोलि पठाउनेछौं’, सशस्त्र प्रहरीका एक…

Read More

काठमाडौं: बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

Read More

काठमाडौं: सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

Read More

काठमाडौँ: बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो। यो सँगै कोरोना संक्रमितको संख्या ११९ पुगेको छ। मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण

Read More

ललितपुर: कोरोना संक्रमित युवती काम गर्ने ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार हुने गरेको छ । एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो । मंगलबार राति कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया (नर्स) युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि उक्त प्रतिष्ठानमा सिल गरिएको हो । संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । भक्तपुर मा बस्ने उनको हिजो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका कारण प्रतिष्ठानलाई…

Read More

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा जान तयारी गरिरहेका स्थायी कमिटी सदस्यलाई एसएमएसमार्फत बैठक स्थगित भएको सूचना दिइएको थियो । एसएमएसबाटै बैठक स्थगितको सूचना आएको नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । ‘बैठकमा जाने तयारी स्वरुप म लुगा लगाएर ठीक पर्दै थिएँ । बैठक स्थगितको म्यासेज आयो,’ पन्तले भने, ‘स्थायी कमिटी सदस्यको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेर स्थगित भनिएको छ । हाम्रो त सबै ठीक छ ।’ स्थायी कमिटीका कतिपय…

Read More

राजविराज: कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालकै प्रसिद्ध मानिने सप्तरीको बरमझियास्थित पेडा व्यवसाय यतिबेला सङ्कटमा परेको छ । नेपालमै पेडाका लागि प्रसिद्ध सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा छन् । लकडाउनका कारण पेडा बनाउनका लागि आवश्यक पर्ने भैँसीको दूध र चिनी तथा दाउरा मागबमोजिमको आपूर्ति हुन नसक्दा व्यवसाय सञ्चालन गर्न समस्या भएको पेडा व्यापारीको गुनासो छ । लगातारको लकडाउनले पेडाको व्यापार गर्नेहरुको पेशा मात्रै सङ्कटमा परेको छैन, पेडा व्यवसाय नै सङ्कटमा परेको माँ कंकालिनी पेडा भण्डारका पेडा व्यवसायी राजकुमार गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “दूध, दाउरा र चिनीको कमीका साथै पसलमा…

Read More

काठमाडौं: पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’ नेता रावलका सहयोगीले जानकारी दिए । उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ । नेपालमा हालसम्म २१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।.

Read More

काठमाडौँ: नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका…

Read More