Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित हुनुभएको छ । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित हुनुभएको हो । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित हुनुभएको हो । उहाँ ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएको छ ।व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन । अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आउनुुभएको छ । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष…

Read More

काठमाडौँ: मुलुक भरका किसान परिवार मध्ये हाल सम्म करिव ४७.७ प्रतिशत किसान सूचिकरण प्रणालीमा सूचिकृत भएको कृषि तथा पशुपन्छी मन्त्रालय अन्र्तगतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रले आज ललितपुरमा आयोजना गरेको प्रदेश स्तरीय किसान सुचीकरण सम्वन्धी समन्वय गोष्ठीमा केन्द्रका प्रमुख एंव सहसचिव डा. राम नन्दन तिवारीले गत मंसिर २१ गतेको सचीव स्तरीय निर्णय अनुसार केन्द्रलाई किसान सुचीकरणका लागि किसानहरुको आवश्यक विवरणहरु सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्न केन्द्रलाई जिम्मेवारी प्राप्त भएको वताउनुभयो । किसानको पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरुलाई उपलब्ध गराइने सेवा सुबिधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न…

Read More

रूपन्देही: रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हो । लामिछानेको हिजो बयान सकिएको थियो । इजलासले आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिजो हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो । कास्की प्रहरीको हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो । आज सुरुमा सरकारी वकिल कार्यालयतर्फका कानून व्यवसायीले बहस गर्नेछन् ।

Read More

काठमाडौँ: बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो । बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा…

Read More

तनहुँ: निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको छ ।आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक पोल जडान गरेको छ । हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्ममा कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । पोलको टुप्पोमा काठको ढकनी लगाइएको छ । जसमा गिद्ध सुरक्षित रुपमा…

Read More

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गर्नुभएको छ । नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेसँगै लगानी जुटाउनका लागि ऊर्जामन्त्री खड्काले दातृ निकायका प्रमुख एवं प्रतिनिधिसँग आज छलफल गर्नुभएको हो । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि यसअघि दातृ निकायबाट भएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । ऊर्जा विकास मार्गचित्रले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रका रुपमा रूपान्तरण गर्न, राष्ट्रिय र सीमापार पूर्वाधारलाई बलियो बनाउँदै आर्थिक समृद्धिलाई अगाडि…

Read More

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालिन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् ।कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, निर्देशक डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधारका लागि कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई निर्देशन दिएका छन्। स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि एकसाताभित्रमा कार्ययोजना पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भु आचार्य तथा सदस्यहरू डा. रघुराज काफ्ले, डा. भगवान कोइराला र सदस्य सचिव सरोज शर्मा प्रतिवेदनबारे जानकारी दिन प्रधानमन्त्रीलाई भेट्न गएका थिए। उनीहरूलाई एक साताभित्र कार्ययोजना लिएर आउन प्रधानमन्त्री ओलीले भनेका हुन्। प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने पनि प्रधानमन्त्रीले बताए। ‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ स्वास्थ्य मन्त्री पौडेलले भेटपछि भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत गर्नेछौं।’ मन्त्री पौडेलले…

Read More

एजेन्सी: प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा तीन बन्धकलाई रिहा गर्ने भएको छ । आइतबार हमासले पहिलो चरणमा रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । टेलिग्राममा सार्वजनिक गरिएको पोस्टमा हमासले ती तीन जनाको नाम उल्लेख गरेको छ । जस अनुसार २४ वर्षीय रोमी गोनेन, २८ वर्षीय एमिली डमारी र ३१ वर्षीय डोरेन स्टीनब्रेचर पहिलो चरणमा हमासको कब्जाबाट मुक्त हुने छन् । तीमध्ये एमिलीसँग इजरायल र ब्रिटेनको दोहोरो नागरिकता छ । युद्धविराम सम्झौता अनुसार बन्धक तथा कैदी रिहाइको बारेमा २४ घण्टा अघि नै नाम सार्वजनिक गर्नुपर्ने भनिएको छ । सोही अनुसार हमासले पहिलो चरणमा…

Read More

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ । २५९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६०१ बिन्दुमा उक्लिएको हो । आइतबार १७१ कम्पनीको मूल्य बढेको हो । ६८ कम्पनीको घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । विन नेपाल लघुवित्तको मूल्य ९ प्रतिशतले उक्लिएको छ । आइतबार फाइनान्स र उत्पादन समूहतर्फका कम्पनीले बजार बढाए । यी दुई समूहको सेयर क्रमशः २.३२ र २.५७ अंकले बढेको छ ।

Read More