Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजीकै अंग भएको निष्कर्ष निकालेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव दिइएको छ । प्रतिवेदनको बुँदा नम्बर १४.६ मा भनिएको छ, ‘अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ भने यी सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको देखिन्छ ।’ ‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी…

Read More

काठमाडौं: उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ । समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए । यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए । लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक…

Read More

ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो । राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए । त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।…

Read More

कैलाली: कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किए । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् । चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । “ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौँ”, दलबहादुर बुढाले भने , “आफ्नै जन्मभूमि र आफ्नो गाउँ फर्किन पाउँदा खुशीको सीमा छैन ।” उनले भने , “सरकारले हाम्रो आवाज…

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए । कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कोरोनाका कारण दिर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।…

Read More

काठमाडौँ: नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो। उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

Read More

काठमाडौं: नेपाल समुद्रपार निकासी पैठारी संघले नोबल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण थलिएको अर्थतन्त्रलाई विदेशबाट ऋण लिएर उकास्न सुझाब दिएको छ। संघले बैंकहरुले बचतको ब्याजदर घटाउनुपर्ने, हालको चालुपुँजी कर्जा र आवधिक कर्जालाई एक/दुई वर्षे कर्जामा परिणत गर्नुपर्ने र अहिलेको चालुपुँजी कर्जाको सीमा एक/दुई पटकसम्म थपिदिनुपर्ने माग राखेको छ। विद्यमान सम्पत्तिमा पुनर्कर्जा उपलब्ध गराउन, बैंकहरुको कर्जा लगानी अनुपात आगामी दुई वर्षसम्मका लागि बढाउन पनि संघले माग गरेको छ। आगामी ८/१० महिनाका लागि ब्याज पुँजीकरणको सुविधा दिन र ट्रेडिङमा समेत युसान्स एलसी १८० दिन हुने व्यवस्था गर्न संघले माग गरेको छ। निर्यातकर्ताको बैंक ग्यारेन्टीलाई एकपटक थप १६ महिनाका लागि बढाउन र बैंकिङसँग…

Read More

काठमाडौं: नेपाल उद्योग परिसंघले कृषिमा लगानी आकर्षित गर्न १० वर्ष आयकरमा छुट दिन आग्रह गरेको छ। अर्थमन्त्री डा‍. युवराज खतिवडालाई आगामी बजेटका लागि दिएको सुझाबमा रोजगारी सिर्जना गर्न कृषिमा आयकर छुटको आग्रह गरेको हो। परिसंघले लघु, साना तथा मझौला उद्योगको विकासका लागि लगानी जुटाउन ग्यारेन्टी कोष खडा गर्न सुझाब दिएको छ। सुझावमा विस्तारकारी वित्तीय नीति सहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढाएर समयमै काम सक्ने व्यवस्था गर्न आग्रह गरेको छ। उद्योगहरुका लागि आवश्यक लगानीका लागि ऋणको लागतलाई आगामी ३ वर्षका लागि कम्तिमा ५ प्रतिशतले कम गर्न परिसंघले आग्रह गरेको छ। अर्थव्यवस्थामा तरलता थप गर्न भ्याट तथा अन्य कर फिर्ता लगायत…

Read More

काठमाडौं: नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँग छुट्टाछुटै भेट गरेकी छन् । यान्छीले आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेकी हुन्। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् । नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग…

Read More

काठमाडौँ: नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री मंगलबारसम्म नेपाल आउने भएको छ। चीनबाट स्वास्थ्य सामाग्री ल्याउने एजेन्ट तयार भइसकेकाले कुनै प्राविधिक समस्या नआए सोमबार सामान लिन वाइडबडी जहाज पठाउने सेनाको तयारी छ। चीनबाट स्वास्थ्य सामग्री ल्याउन फ्ल्यास फ्रेट लजिस्टिक छनौट भएको सूचना चीन पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई जानकारी दिए। ‘शुक्रबार मे-१ चीनमा सार्वजनिक विदा, शनिबार नेपालमा विदा अनि आइतवार चीनमा विदा हुने भएकाले सोमबार मात्रै हाम्रो काम सुरू हुन्छ,’ सैनिक प्रवक्ता पाण्डेले भने,’भन्सार प्रक्रियाका लागि कहिलेकाहीँ ७२ घण्टासम्म समय लाग्न सक्छ। हामीले त्यसका लागि समय छोट्याउन आग्रह गरेका छौं।’ भन्सार प्रक्रियामा समय लाग्यो भने स्वास्थ्य सामग्री ल्याउन…

Read More