Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले जारी लकडाउनलाई १० दिन थप गरेर २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
काठमाडौं: झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन्…
काठमाडौं: महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न आइतबार दिउसो टेकु पुगेका थिए। यता परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न भने अस्वीकार गरेका छन् । उनी नहुँदा एसपी सोमेन्द्र राठोरले पनि दर्ता गर्न नमिल्ने बताएका थिए । उनले दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाएका छन् । जोहरी दर्ता…
काठमाडौँ: कोभिड –१९ जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गरिएको खरिद प्रक्रियाबारे सार्वजनिक लेखा समितिले छानविन प्रक्रिया थालेको छ। स्वास्थ्य मन्त्रालयले उक्त खरिद प्रक्रिया रद्द गरिसकेको छ। खरिद प्रक्रिया रद्द भए पनि अनियमितता भएको भन्दै चौतर्फी रुपमा छानविनको माग भइरहेको थियो। लेखा समितिले आइतबार स्वास्थ्य मन्त्रालयसँग खरिद प्रक्रियाबारेका कागजात माग गरेको हो। छानविन प्रक्रिया अघि बढाउन आवश्यक रहेको भन्दै समितिले मन्त्रालयसँग कागजात माग गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए। समितिले आवश्यकम कागजात पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराउन पत्रमा उल्लेख गरेको छ। स्वास्थ्य सेवा विभागमार्फत ओम्नीसँग विना प्रतिस्पर्धा सामाग्री खरिद गर्न लागिएको भन्दै आलोचना…
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविध मन्त्रालयले बन्दाबन्दी (लकडाउन) सकिएर कोरोना भाइरसका कारण सिर्जित अवस्था सामान्य भएमा त्यसको २ सातापछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी शुरु गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले परीक्षाका विषयमा आइतबार गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गरे । अब परीक्षा भएमा विद्यालयलाई सामाजिक दुरीसहित…
काठमाडौँ: विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शनिवार २ लाख पुगेको छ। यसैगरी रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ। कोरोनाबाट ज्यान गुमाएका मध्ये आधा अमेरिका, इटाली र स्पेनबाट रहेका छन्। कोरोनाका कारण पहिलो मृत्यु जनवरी १० मा चीनको वुहानमा भएको थियो। त्यसपछि ९१ दिनमा त्यो संख्या १ लाख पुगेको थियो भने त्यसको १६ दिनमै २ लाख पुगेको रोयटर्सले जनाएको छ। विश्वमा घातकमध्येको एक मानिने मलेरियाबाट पनि वार्षिक ४ लाख मानिसहरूको मृत्यु हुने तथ्यांक छ। कोरोनाका कारण शनिवारसम्म अमेरिकामा ५२ हजार ४ सय जनाको मृत्यु भइसकेको छ भने इटाली, स्पेन र फ्रान्स गरी प्रत्येक राष्ट्रमा…
काठमाडौँ: पछिल्लो समयमा बजारमा ग्यास किन्ने उपभोक्ता घटेका छन्। लकडाउन लम्बिदैं गएपछि गाउँ प्रमुखले काठमाडौंमा रहेका आफ्ना जनता लैजान थालेपछि ग्यासको कारोबार ठप्प जस्तै भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरसको कारण बजारमा ग्यासको माग बढेको थियो। उपभोक्ताले भएका सिलिण्डर पहिल्यै भरेर राख्नाले पनि ग्यास कारोबारमा प्रत्यक्ष प्रभाव परेको छ। पहिलेको तुलनमा आधा पनि ग्यास नबिकेकोव्यवसायीहरूकाे भनाइ छ। बजारमा ग्यास बिक्री नभपछि उद्योगमा पनि ग्यास बुलेटमै थन्किएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए। ‘उद्योगको प्लान्ट र ग्यास बुलेटमा गरेर झन्डै एक अर्ब रुपैयाँ बरारको १३ देखि १४ हजार मेट्रिकटन ग्यास होल्ड छ,’ उनले भने, ‘ जसबाट झण्डै साढे…
काठमाडौँ: भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार दुई सय नयाँ संक्रमित थपिएका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु…
काठमाडौँ: दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ । बैठक पाँच बजेका लागि सारिएको हो । प्रधानमन्त्री केपीशर्मा ओली अन्य बैठकमा पनि सहभागी हुनुपर्ने भएका कारण मन्त्रिपरिषद् बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने नलम्ब्याउने वा खुकुलो पार्ने नपार्ने बारे निर्णय गर्ने तयारी गरिएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ । मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम सँग छलफल गर्ने छन् । हिजो शनिवार बसेको कार्यदलले एक साता लकडाउन थप गर्न सुझाव दिएको थियो भने उच्च स्तरीय समितिले पनि तत्काल लकडाउन खोल्ने…
वीरगञ्ज: वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो । अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।
