Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए । एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’ एमालेमा झण्डै पाँच दशक…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् । नयाँ वार्ष २०२५ को दिनमा कतिपयले टोपी दिवस र धोती दिवसको रुपमा पनि मनाउने गरेका छन् ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छभने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । बिहीबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर १५ डलरले घटाइएको छ । अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ ।त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।फास्ट ट्रयाकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ । फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट…
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सात वटै प्रदेशका मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य सहरहरू परिक्रमा गरेका थिए ।
काठमाडौं । नागार्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए । अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ दलीय गठबन्धनबाट मेयरसहित…
रौतहट: रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका– ५ स्थित पासवान टोलमा गए राति भीषण आगलागी भएको छ। लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले सात वटा घर जलेर नष्ट भएका छन् । राजदेवी नगरपालिका– ५ पताही बस्ने जगतनाथ पासवानको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो। आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान र प्रदीप पासवान, लगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खबरहबलाई जानकारी दिए । आगलागीको खबरपछि बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका…
काठमाडौं: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताउनुभएको छ ।‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री पौडेलले भन्नुभयो- ‘त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौँ र यसलाई छिट्टै कानुनी प्रकृयामा प्रवेश गराउँदैछौं।‘अर्थमन्त्री पौडेलले नेपालको तीव्र विकासका लागि नयाँ सोच र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको बताउँदै वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन र लगानी गर्न…
काठमाडौँ: राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको अवाथामा रंगे हात पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुशन्धान आयोगले आइतबार गरेको स्टिङ ओपेरसन्मा उनलाई तीन लाख नगत घुषसहित पक्राउ गरिएको आयोगका प्रबक्ता नरहरि घिमिरेले जानकारी दिए । गोप्य सूचनाका आधारमा आयोगको टङ्गालबाट खटिई गएको टोलीले निज प्रसाईलाई सेवाग्राहीबाट तीन लाख रुपैया घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।