Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । नेपाल प्रहरीले चैत १५ मा भएको राजावादी प्रदर्शनमा भएको हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन प्रहरीले संयमतापूर्वक काम गरेको दाबी गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले उक्त कुरा बताएका हुन् । प्रहरीले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप निराधार भन्दै उनले अराजकतापूर्ण र आपराधिक गतिविधि नियन्त्रणमा लिने कोसिस गरेको बताए । त्यस दिन अराजकतापूर्ण गतिविधि बढेपछि त्यसलाई नियन्त्रणमा लिन पहिलो पटक २ बजेर ५४ मिनेटमा पहिलो गोली प्रहार भएको उनले बताए । आचार्यले बताएअनुसार त्यसअघि ३ बजेर ५ मिनेट जाँदा प्रहरीको लागुऔषध नियन्त्रण व्युरोको कार्यालय नजिकै आगजनीको प्रयास भएको थियो । त्यही…
काठमाडौँ — चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ । त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको…
काठमाडौँ, २० चैत : गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौँको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री खड्काले रसियन सरकारले नेपालको जनशक्ति विकासमा पु¥याएको योगदान र सहयोगप्रति धन्यवाद दिनुभयो । मन्त्री खड्काले विगतमा पनौती जलविद्युत् आयोजना शोभियत सरकारको वित्तीय सहायतामा निर्माण भएको स्मरण गर्नुभयो । उहाँले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्यलाई पूरा गर्न रसियाली सरकारको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । मन्त्री खड्काले नेपालको प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट…
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्र्तगतका विभिन्न महाशाखा तथा केन्द्रहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भनेका हुन् ।मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका मन्त्री पौडेलले यसपाली आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा प्राप्त हुने गरी कर्मचारी तन्त्रलाई सक्रिय बनाएका हुन् ।मन्त्री पौडेलले मन्त्रालयअन्र्तगतका महाशाखा तथा केन्द्रहरुको नियमित रुपमा कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिंदै आइरहेका छन् ।यसक्रममा मंगलबार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरुलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्नका लागि सजग बनाएका हुन् ।‘दातृ निकायहरुबाट बजेट कटौतीका समस्या…
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।
काठमाडौँ: राप्रपाका सांसद दीपक बोहराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए। बोहरा गएको संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका थिए। रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित उनले ०७९ काे निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए। बोहरा गएको साढे तीन वर्षदेखि बोल्न नसक्ने ढंगले बिरामी भएका थिए। कोभिड–१९ संक्रमणपछि उनको स्वरनलीमा समस्या आएको पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौँ: नेपाल– नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले मार्च ३१, २०२५ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । ‘रुफ अफ द वल्र्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने छ, जुन एअरलाइन्स्को लागि एक महत्वपूर्ण कोसेढुङ्गा रहनेछ । नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय हवाई यात्रालाई टेवा पु¥याउन समर्पित, हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न आफ्नो उडान सञ्जाल बिस्तार गर्न जारी राखेको छ । ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र…
काठमाडौँ: रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते,सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गर्नेछ । आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गरिनेछ । हेस्थ पोष्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पुर्याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।…
काठमाडौँ: नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ । यसैगरी निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात…