Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:सर्लाहीमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मंगलबार राति बलरा नगरपालिका-९ छतौनास्ठित बोर्डर आउट पोष्ट (बीओपी) अगाडि ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो। गएराति करिब नाै बजे बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बस पल्टिएर तुलाधरलाई थिच्दा उनको मृत्यु भएको हो। रौतहटको बडहरवाबाट सर्लाही हुँदै काठमाडौँ जाँदै गरेको बस पल्टिएर सशस्त्र प्रहरीको क्याम्प अगाडि तुलाधरमाथि बजारिँदा घटना भएकाे हाे। बसले थिचेर गम्भीर घाइते भएका उनलाई डाेजरकाे सहायताले त्यहाँबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी…

Read More

काठमाडौँ । जागरूक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ वसन्तपुरमा यो दिवस मनाइएको हो । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोसाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी…

Read More

काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए । एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’ एमालेमा झण्डै पाँच दशक…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् । नयाँ वार्ष २०२५ को दिनमा कतिपयले टोपी दिवस र धोती दिवसको रुपमा पनि मनाउने गरेका छन् ।

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छभने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । बिहीबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

Read More

काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर १५ डलरले घटाइएको छ । अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ ।त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।फास्ट ट्रयाकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ । फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट…

Read More

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सात वटै प्रदेशका मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो । वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य सहरहरू परिक्रमा गरेका थिए ।

Read More

काठमाडौं । नागार्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए । अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ दलीय गठबन्धनबाट मेयरसहित…

Read More

रौतहट: रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका– ५ स्थित पासवान टोलमा गए राति भीषण आगलागी भएको छ। लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले सात वटा घर जलेर नष्ट भएका छन् । राजदेवी नगरपालिका– ५ पताही बस्ने जगतनाथ पासवानको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो। आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान र प्रदीप पासवान, लगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खबरहबलाई जानकारी दिए । आगलागीको खबरपछि बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका…

Read More