Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:विवादित व्यवसायी दुर्गा प्रसाईँमाथि विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर क्राइम) मा अनुसन्धान सकिएको छ। प्रहरीको साइबर ब्युरोले उक्त कसुरमा अनुसन्धान सकेर आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालले बताए। प्रसाईँलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। साइबर क्राइममा अनुसन्धान गर्न सीआईबीले उनलाई साइबर ब्युरोमा बुझाएको थियो। प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै विवादित सामग्री सामाजिक सञ्जालमा फैलाएका थिए। त्यसक्रममा उनले त्यसका प्रमाण हुन् भन्दै कागजातसमेत सार्वजनिक गरेका थिए। तर ती कागजात र उनले लगाएको आरोप झुटो रहेको भन्दै पक्राउ गरिएको…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो । उनीहरूमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लागेको हो । अख्तियारको दाबी अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए । सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो । अख्तियारको दाबी अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।
बाजुरा: बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नम्बर ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए । यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् । यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी…
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नु भएको थियो ।अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन् । झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् । ‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’ उनले आफू संयूक्त राष्ट्रसंघको भ्रमणमा गएका बेला आठ दिनमै ४३ वटा कार्यक्रम सकेर फर्किएको पनि सुनाए । ‘अस्ति संयुक्त राष्ट्रसंघको भ्रमणमा गएँ, र…
नयाँ कार्यकाररिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्टिय सभाले कानुन पारित गरेको थियो ।यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा संसदको माथिल्लो सदनले अनुमति दिएको घटना थियो ।त्यसपछि महासंघ नेतृत्वले तत्काल संसदको सबैभन्दा ठूलो दलका मुख्य सचेतक तत्कालीन प्रमुख सचेतक रमेश लेखकसंग छलफल गरे । तत्काल कांग्रेस संसदीय दलले संसद सचिवालयमा छलफल राखेर निजी क्षेत्रका प्रमुख संस्थाहरुलाई बोलायो । त्यहा अध्यक्ष ढकाल लगायत निजी क्षेत्रले किन निजी क्षेत्रमा अख्तियारको प्रवेश हुनु हुँदैन भनेर सम्झाउने प्रयास गर्यो । त्यसपछि नेपाली कंग्रेस सभापति शेर वहादुर देउवा,…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । झापाको दमकमा निर्माण भएको १८ तले बिजनेस टावरको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लागेका हुन् । उक्त टावरको ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीले नै उद्घाटन गरेका थिए । चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो । एक वर्षअघि नै निर्माण सकिएको टावरको आज उद्घाटन भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका छन् । कांग्रेसकाे काेशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । यसअघि बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर लामो समय बोलेको बताएका थिए । त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भने, `बढी बोल्ने आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ ।´ देउवाले यसो भन्दा हलमा हाँसो गुन्जिएको थियो । त्यसपछि देउवाले फेरि भने, `माफ गर्नु होला मैले ठट्टा मात्रै गरेको ।´ देउवाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थायित्वका लागि सहकार्य गरेको बताए ।…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताउनुभएको छ। माओवादी केन्द्र गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै प्रचण्डले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने स्पष्ट पारेका हुन् । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबिच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको बताए । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त…
काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को पहलमा शनिबार नि:शुल्क मोतिबिन्दु पहिचान तथा आँखा शिविरमा ४७६ जना वडावासी प्रत्यक्ष लाभावान्वित भएका छन् । २०७९ पछि दोश्रो पटक आयोजना गरिएको यस प्रकारको आँखा शिविरमा यसपटक कुल सेवाग्राहीमध्ये १२६ वृद्धवृद्धाहरुमा मोतिबिन्दु पहिचान भएको छ भने अन्य सेवाग्राहीलाई आवश्यकता र आँखाको समस्या हेरेर ६८ जनालाई नि:शुल्क चस्मा र बाँकीलाई आँखाको औषधि वितरण गरिएको शिविरपछि वडाध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो। गत साल २०८० कार्तिक २० गते पनि वडाले १४ को निशुल्क मोतिबिन्दुको शल्यक्रिया बरिष्ठ डाक्टर सन्दुक रुइतको नेतृत्वमा कपनमामा गरेको थियो । वडाध्यक्ष लामाका अनुसार आज सम्पन्न आँखा शिविर माट्रिका आँखा केन्द्र, पुरानो बानेश्वरको…