Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताए । उनले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय…

Read More

काठमाडौँ: भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा नेपाली बैंकले रु १५ अर्ब बढी लगानी गरेका छन् भने बाँकी रु ८५ अर्ब लगानी भने भारतीय बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी स्थापना गरेको छ । आयोजनाको हाल २५ प्रतिशत भौतिक प्रगति भएको छ । कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन भएपछि परियोजनाले थप गति लिने विश्वास गरिएको छ । एसजेभिएनका प्रमुख…

Read More

काठमाडौं: नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि आगामी रणनीतिबनाउन कानुन व्यवसायीहरुसँग परामर्श गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा गच्छदारमाथि विशेष अदालतमाभ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विहीबार विहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी र पार्टी निकट कानुन व्यवसायीबीच छलफल भएको हो । सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे र सरिता प्रसाई छलफलमा उपस्थित थिए। कानुन व्यवसायीका तर्फबाट डेमोक्रेटिक लयर्स एसोशिएसन (डिएलए)का अध्यक्ष…

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएपछि अनुसन्धान थालिएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारण खोजी गर्न शुरु गरिएको हो । प्रजनन केन्द्र हेर्दै आउनुभएका डा विकल्प कार्कीका अनुसार यस वर्ष १२ वटा गिद्धले फुल पारेका थिए । ती फुलमा गिद्ध ओथारो बसिरहेको छ । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ तर आधाभन्दा बढीको समय नाघेको भए पनि बच्चा कोरलिएको छैन । त्यहाँ रहेका १९ जोडीमध्ये १५ वटा पोथीले फुल पार्नुपर्नेमा तीन वटाले फुल पारेका छैनन् । गत वर्ष पनि २० वटा…

Read More

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए । रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए । त्यसैगरी खेलको ५४औँ मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । उनले गोल गरेको…

Read More

काठमाडौं: सरकारले चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । उनीहरुले आफ्नो उद्दार नगरेकोमा सरकारको आलोचना गरिरहेका छन् । तर सरकारले भने…

Read More

काठमाडौँ: राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भने, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।” सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरे । सांसद…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाए । आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो । नेत्री भुसालले…

Read More

सुरुङ्गा: विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गर्नुभएका विर्तामोड नगरपालिका–४ का भक्तिप्रसाद तिवारीले २०६५ सालसम्म राष्ट्रिय जनमोर्चा पार्टीमा रहेर सक्रिय राजनीति गरे । सिङ्गो जीवन नै राजनीतिमा व्यथित गर्ने सोच बोकेर अघि बढ्नुभएका तिवारी राजनीतिक परिर्वतनसँगै २०६५ सालबाट राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गर्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गरे । माओवादी पार्टीमा समेत सक्रिय राजनीति गर्नुभएका उहाँले २०७० सालको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोर्दा छाएको निराशाले उनलाई उद्यमी बनायो । राजनीतिले घर व्यवहार नचल्ने रहेछ भन्दै २०७१ सालदेखि च्याउखेती शुरु गर्नुभएका तिवारीले अहिले एक बिघा क्षेत्रफलमा व्यावसायिक च्याउखेती गरेको छ । कृषि विकास बैंकबाट व्यावसायिक च्याउखेतीका लागि रु ५०…

Read More

बनेपा: यहाँ हुने हरेक जात्रामा बाजा बजाउँदै आएका कुसुले समुदायका युवाले बाजा बजाउन छोडेपछि जात्रा आउने बित्तिकै मान्छे खोज्नुपर्ने अवस्था आएको छ । पनौती जात्रामा बाजागाजासहित नगर परिक्रमा गर्नु यहाँको जात्राको विशेषता हो । यहाँ लाग्ने जात्रामा बाजा बजाउने मान्छे नहुँदा श्रीखण्डपुर, नाला र साँगाबाट भाडामा ल्याएर समस्या टार्नुपरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताए । “नेवार समुदाको कुसुले थरका मान्छेले मात्रै बजाउने गरेको पनौती जात्राको बाजा बजाउने मान्छेको अभाव भएपछि बाहिरबाट ल्याउनुपरेको छ”, उनले भने, “बाजा बजाउनेलाई प्रोत्साहन नभएर युवाले बाजा बजाउन छोडेको पाँच वर्षजति भयो ।” जात्रामा दमाह बाजा कुसुलेले मात्रै बजाउनुपर्ने परम्परा छ ।…

Read More