Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले बहुप्रतिक्षित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बारामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल अबको पाँच वर्षभित्र व्यावसायिक सञ्चालनमा आउने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले भौतिक पूर्वाधारको प्रगतिबारे जानकारी दिन आज प्रधान कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल सरकारको प्राथमिकतायुक्त आयोजना भएकाले यसलाई गति दिइने उल्लेख गरे । उनले भने, “निजगढ विमानस्थल हाम्रो ‘ड्रिम परियोजना’ हो, पाँच वर्षमा यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नैपर्छ, निजगढ विमानस्थल सरकारको एकमात्र अर्जुनदृष्टि हो ।” मन्त्री भट्टराईले निजगढमा विमानस्थल बनाउनुपर्ने अपरिहार्यता…

Read More

काठमाडौं : जारी आईसीसी विश्वकप लिग २ मा ओमानविरुद्धको खेलमा नेपालका शरद भेषवाकरले अर्धशतक बनाए । उनले करण केसी र सन्दीप लामिछानेसंग साझेदारी गर्दै अर्धशतक बनाएका हुन । खेलमा उनी ५५ रन बनाएर आउट भए यो संगैं एकदिवसीय अन्तर्राष्ट्रिय  प्रतियोगितामा अर्धशतक बनाउने छैटौं नेपाली खेलाडीको रुपमा आफ्नो नाम दर्ता गराएका छन ।

Read More

काठमाडौं : आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले मध्यम प्रदर्शन गरेको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको ३८ ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा शरद भेषवाकरले अर्धशतक बनाएका छन । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६, आरिफ शेखले ६ रन, भण्डारीले २६ तथा कप्तान ज्ञानेन्द्र मल्लले १ र पारस खड्काले ३ रन बनाएर आउट भए । त्यस्तै करण केसी र रोहित कुमार पौडेल शुन्य रनमा आउट भए ।

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गरेको हो । मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पु¥याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गरे । वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न…

Read More

काठमाडौं : राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्‍ट पार्टी ९नेकपा०का सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ? भनेर प्रश्न गरिन। चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले भनिन, ‘चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरुलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ?’ नेकपाकै सांसद कमलाकुमारी ओलीले कोरोना भाइरसको सङ्क्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै ढिलाई नगरी तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन।…

Read More

पोखरा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताए । अध्यक्ष प्रचण्डले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जो कोही लाभान्वित हुने बताए । “भूगर्भशास्त्रीय अध्ययन गर्न चाहनेका लागि…

Read More

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसीसीबारे निर्णय लिने बताएका छन । प्रचण्डले एमसीसीको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन जस्ताको तस्तै पारित हुन्छ भन्ने भ्रम नपाल्न समेत आग्रह गरेका छन । आज बुधबार पोखरामा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कार्यदलले बुझाएको प्रतिवेदन पार्टीमा छलफल गरेपश्चात मात्रै पारितका लागि संसदमा पठाइने जानकारी दिएका छन । नेकपाले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खानलको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको तीन सदस्यीय अध्ययन कार्यदल गत आइतबार गठन गरेको थियो । ‘एमसीसी…

Read More

महोत्तरी: माटोसँगको अटुट नाता ! माटो काट्ने, सम्याउने र भर्ने काममा पोख्त मानिने तराईका मुसहर जातिका कूलदेवता पनि भुँइयाँ महाराज । ‘भुँइयाँ’ अर्थात् भुइँका देवता । मुसहर आफ्नो यसै भुँईको नाता चिनाउँछन्् । जीवन गुजाराको मुख्य पेशा नै कृषि मजदूरी मानिने मुसहर (पुरुष) तराईमा एक ठाउँको माटो काटेर अर्को ठाउँमा भर्न टाला (काँधमा बोकिने भार) बोक्न सम्झिने खास जाति समुदाय हुन् । माटोसँग यस्तो नाता जोड्ने मुसहरको अहिले (माघ महिना) कूलदेवता अर्थात् भुँइयाँ महाराजको पूजाआराधनाको उत्सवको मौसम (बेला) हो । महोत्तरीका प्रत्येकजसो मुसहर बसोबासका बस्तीमा अहिले दिनहुँजसो भुँइयाँ महाराजको पूजाआराधना आयोजन भइरहेका छन् । साउन, भदौ, कात्तिक,…

Read More

काठमाडौँ: अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताएका छन् । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उनले सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउने र सरकारले गरेका राम्रा कामको प्रचार आवश्यक रहेको बताए । अर्थमन्त्री खतिवडाले नैतिक र समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नैतिक मूल्य र मान्यतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । “पत्रकारिताको अध्ययनमा प्रविधिको प्रयोगलाई बढाउनु पर्दछ । डिजिटल प्रविधिसहितको भवन निर्माण यसैको सङ्केत हो”, उनले भने, “नयाँ र डिजिटल मिडियाको प्रयोग सञ्चारमाध्यमलाई विश्वसनीय बनाउदै लगेको छ ।” अर्थमन्त्री खतिवडाले डिजिटल मिडियाको बढ्दो…

Read More

काठमाडौं : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफूले कमाएको सम्पूर्ण आम्दानी संस्थालाई हस्तान्तरण गर्ने भएका छन । समाजका सभापति उत्तम पुडासैनीले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि बैँक खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेको जानकारी दिएका हुन् । आफुले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गरेका छन् । ५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

Read More