Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पटक पटक धादिङ पुगेर हेरिरहेको म आफैँ हेरिरहेको छु ।” अहिले…

Read More

काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता दिने भएपछि उनीहरूलाई भ्रष्टाचार मुद्दाको प्रतिवादी नबनाउने निर्णय गरेको छ। बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने प्रकरणमा जोडिएका पूर्वमन्त्रीदेखि व्यापारीसम्म गरी एक सय ७५ लाई अख्तियारले भ्रष्टाचारको आरोपमा बुधबार मुद्दा दर्ता गरेको छ। तर बालुवाटारमा रहेको जग्गा फिर्ता गर्ने बयान र निवेदन दिएकाले उनीहरूलाई भने अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको हो। पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको छ। ‘उनीहरूले अनुसन्धान…

Read More

भक्तपुर: सरकारले चीनको वुहानबाट फर्काउन लागेका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेको भन्दै स्थानीयवासीले प्राधिकरण कार्यालयको गेटमा बसेर विरोध गरेका छन् । स्थानीय बासिन्दा, नेकपा, नेपाली काँग्रेस, राप्रपा संयुक्तलगायतले मानवबस्तीको बीचमा कोरोना भाइरस सङ्क्रमित हुनसक्ने नेपालीलाई ल्याएर राख्न लागेको भन्दै विरोध गरेका हुन् । प्राधिकरणमा क्वारेन्टाइन बनाउनका लागि आउने टोलीलाई अनुगमनसमेत गर्न नदिने भन्दै गेटमै स्थानीय बासिन्दा र राजनीतिक दलका कार्यकर्ताले विरोध गरेका हुन् । स्थानीय बासिन्दाले आजै चाँगुनारायण नगरपालिकामा त्यसको विरोधमा ज्ञापनपत्रसमेत बुझाएका छन् । स्थानीय टोलीले भक्तपुरमा कुनै हालतमा क्वारेनटाइन राख्न नदिने भन्दै कालो झण्डासहित नगरपालिका पुगेर ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। गच्छदारले नै बालुवाटारमा प्रधानमन्त्री निवासभित्रको जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म…

Read More

काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको छ। उनीहरूविरूद्ध आजै विशेष अदालतमा मुद्दा लगेको अख्तियारले जनायो। विशेष अदालतमा पेश भएको अभियोगपत्रका अनुसार, ललिता निवासको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्ने पूर्वमन्त्रीहरूमा गच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्। यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई तत्कालीन भौतिक पूर्वाधार सचिवको हैसियतमा मुद्दा चलाएको हो। पूर्वसचिव दिनेशहरि अधिकारी पनि यो मुद्दामा मुछिएका छन्। जिल्ला अदालत चितवनका न्यायाधीश विनोद गौतमलाई पनि…

Read More

काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो । कीर्तिपुस्थित टीयू मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालको लागि शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन । यस्तै उपकप्तान…

Read More

पोखरा: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे अनावश्यक प्रचार भएको टिप्पणी गरेका छन् । प्रचण्डले यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको बताएका हुन् । ‘मैले हिजो यस्तो तर्कमात्र गरेको थिएँ । चीन सरकारले वक्तब्य नै निकालेछ । पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर अनैतिक काम भएको, गलत ढंगले बढी प्रचार गरियो भनेर चीनले भनेको छ ।’ भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल भने त्रसित हुनुपर्ने अवस्था नरहेको, तर सतर्क हुनुपर्ने बताए । ‘कोरोना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेहरुको मृत्यु भएको समाचार आएपछिको असर विश्वव्यापी…

Read More

काठमाडौँ: सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ । उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उनको भनाइ छ । उनले भने, “पटक पटक धादिङ पुगेर हेरिरहेको म आफैँ हेरिरहेको छु ।” …

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले पारित गरेको हो । प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तथा सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने नेता श्रेष्ठको ८० वर्षका उमेरमा सोमबार निधन भएको थियो । उनी नेपाली काँग्रेस काठमाडाँै जिल्लाका कोषाध्यक्ष थिए । ललितपुरस्थित निदान अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको निधन भएको थियो । उनको निधनमा सदनको आजको बैठकले शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।…

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । यसअघि मन्त्री भट्टले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो । सो विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएनन् ।

Read More